आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्वर्गद्वारीमा तीर्थयात्री तेब्बर, फोहोरको अस्तव्यस्तताले महामारीको त्रास एकदिनमा पन्ध्र हजारभन्दा बढी तिर्थालु


झईन्द्र भण्डारी
प्यूठान , २७ श्रावण
आज श्रावणको अन्तिम सोमबार नेपालको सात धाम मध्यको एक प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईमा अवस्थित स्वर्गद्वारी मन्दिरमा तीर्थयात्रीहरूको सङ्ख्या बिगतको तुलनामा तेब्बर भएको छ ।
विषेश गरेर श्रावण महिनाका सोमबारहरूमा तीर्थयात्रीहरूको घुईचो स्वर्गद्वारी मन्दिरमा हुने गर्छ । जेष्ठ ,माघ तथा श्रावण महिनामा नेपालको मधेस तथा भारतको विभिन्न ठाउँबाट यस मन्दिरमा तीर्थालुहरूको घुइँचो ह्वात्तै बढ्छ । आजमात्र दाङ्गको बाटो भएर आउने र आधारशिविर भिङ्ग्री प्यूठानको बाटो भएर मन्दिर पुग्ने भक्तजनको सङ्ख्या पन्ध्र हजार नाघेको जनाईएको छ । श्रावण महिनामा स्वर्गद्वारी महाप्रभुको दर्शन गरे घर तथा परिवारमा दरिद्रता हट्ने वर्षभरि सुख शान्ति हुने काममा सफलता हुने रोग व्यथा नलाग्ने भक्तजनहरूको विश्वास छ । अहिले सङ्गै ११ औं पटक स्वर्गद्वारी महाप्रभुको दर्शन गरेका बिहार भारतका ५४ वर्षीय सेहमाद सार्पुलले महाप्रभुले आफ्नो परिवारमा सुख शान्ति ल्याईदिएको बताउनु भयो । उहाँले भन्नुभयो , ू वर्षमे हर श्रावण महिनापर स्वर्गद्वारी बाबाके दर्शन जरुर कर्नाहे ।ू
तर योसङ्गै स्वर्गद्वारी आधारशिविर भिङ्ग्री बजारमा भने व्यवस्थापनमा चुनौती देखिएको छ ।

उपयुक्त बसपार्कको व्यवस्था नभएकोले सयौं बसहरू सडकको छेउमै पार्क गर्नु पर्ने बाध्यता छ । मौसमको बेला भक्तजनलाई लिएर यहाँ एकदिनमा करिब ३०० वटा ठुलो बसहरू आउछन । स्वर्गद्वारी गेट नजिकै भएको एउटा बसपार्क पनि व्यवस्थित हुने क्रममा छ । यहा शहरी विकास कार्यक्रम अन्तर्गत भवन डिभिजन कार्यालायको मातहतमा पार्क व्यवस्थापन हुदै छ तर यसमा पनि बढीमा ३० ओटासम्म ठुला बसहरूमात्र अट्न सक्ने भएकोले मौसमी यस्ता धेरै बसहरूलाई व्यवस्थापन गर्न निकै कठिन रहेको बताउनु हुन्छ स्वर्गद्वारी नमुना बसपार्क व्यवस्थापन समितीका अध्यक्ष गणेशमान कालाथोकी ९ भिम ० । यस्तो अवस्थामा बैकल्पिक उपायको लागी निकै गम्भीर भएर लागेको बताउदै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले यसको व्यवस्थापनमा नगरपालिका अगाडि बढेर उपयुक्त विकल्प खोज्दै गरेको बताउनु भयो । बन्दै गरेको आधुनिक प्रविधियुक्त पार्क जिमुरपाटा दमारको चौर तथा जलुके नजिकैको लामाचौरलाई व्यवस्थापन गर्न सके यस्तो मौसमी यातायातलाई व्यवस्थापन गर्न सकिने उहाँको जिकीर छ । अझै उपयुुक्त त माडीखोलाको तिरमा रहेको नल्सी बगर चौर जहाँ पूर्णिमा मेला लाग्ने गर्छ त्यो उचित रहेको उहाँका राजनीति सल्लाहकार भिमले बताउनु हुन्छ। यसैमा नगरपालिकाले सोचेर उपयुक्त ठाउको व्यवस्था गर्ने नगरप्रमुखको भनाई छ । शौचालय नहुदा भक्तजनहरूले सडक किनारा सार्वजनिक स्थल खुल्ला ठाउँ जहातही दिशापिसाब गर्दा नगरपालिका कार्यालय तथा बजार वरिपरिको वातावरण धेरै दुर्गन्धित बनेर बसिसक्नु छैन । यसले महामारी फैलने त्रासमा छन स्थानीय बासिन्दाहरू । यसरी फोहोरको व्यवस्थापनमा लाग्दा लाग्दै पनि व्यस्थापन गर्न निकै कठिन भएको बताउदै नगरप्रमुख नेत्र बहादुरले यसले आफूलाई निकै चिन्तित तुल्याएको बताउनु भयो । यस ठाउमा उपयुक्त सार्वजनिक शौचालयको निर्माण गर्नु पर्ने अत्यावश्यक भएको तर उपयुक्त ठाउँमा जग्गा नभएको कारण गार्‍हो भएको उहाँको भनाइ छ । यहि वरिपरि कुनै व्यक्ति वा संघ सस्थाले आवश्यक जग्गा उपलब्ध गराए तत्कालै व्यवस्थित तथा उपयुक्त शौचालय निर्माण गरिने प्रमुखको भनाई छ । यसरी फोहोर व्यवस्थापन , बसपार्किङ्गको व्यवस्थापन गरि स्वर्गद्वारीमा पर्यटकलाई व्यवस्थापन गरि यसको गरिमा उच्च राख्न आफू दत्तचित्त भएर लागेको र योजनाबद्ध तरिकाबाट काम अगाडि बढेको बताउदै नगरप्रमुखले सबै कुराको व्यवस्थापन हुदै जाने कुरा बताउनु भयो । उहाँले भन्नु भयो ,ू सबै काम एकै पटक एक्लैले सम्भव छैन यसको लागी सबैको सहयोग आवश्यक छ सबै हातेमालो गरेर अगाडि बढे यो सबै व्यवस्थापन छिटै हुनेछ । ू
नगरपालिकाले भक्तजन बोकी आएको प्रत्येक बसबाट २०० रुपैयाको दरले कर उठाउदै आएको छ । अहिलेसम्म करिब पचास हजार उठेको छ । यसको लागी मङ्गलबार नगरपालिकाले कम्तीमा डेढ लाखको टेन्डर आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top