
सागर रिजाल
प्युठान,२७ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ऐरावतीमा ¥याली तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कालिका विकास केन्द्र नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कालिका विकास केन्द्र नेपालका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, गाउँपालिका शिक्षा समन्वय ईकाइ प्रमुख कुल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मोति माध्यामिक विद्यालयका प्र.अ. लगाएत शिक्षक लगाएत त्यस क्षेत्रका यूवाहरुको उपस्थिती रहेको थियो ।
बरौला बजार परिक्रमा पछि मोति माध्यामिक विद्यालयमा भएको अन्र्तक्रिया कार्यक्रम भएको हो । अन्र्तक्रिया कार्यक्रममा ऐरावती गाउँपालिका शिक्षा नीति, शिक्षा क्षेत्रमा भएका प्रगतीहरु, गाउँपालिकाको शिक्षालाई सुर्धानका लागि बनाएका योजनाका बारेमा छलफल गरिएको थियो ।
त्यस्तै गाउँपालिकामा यूवा लक्षित कार्यक्रमहरुका बारेमा छलफल, बजेट कार्यान्वयन, शिक्षा क्षेत्रको बजेट, विद्यालयमा छात्रवृति प्रदान गरे या नगरेको, गाउँपालिका क्षेत्रमा रहेका विद्यालयमा छात्रहरु म्हिनावारी भएको समयमा सेनेटरी प्याडको व्यवस्था भए नभएको लगाएतका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा उठेका विषयहरु माथि शिक्षा समन्वय इकाई प्रमुख थापा र मोति माविका प्र.अ. तिलक पाण्डेले प्रष्टाएका थिए । शिक्षा क्षेत्रमा गाउँपालिकाले राम्रा कामहरु गर्दै आएको इकाई प्रमुख थापाले बताए । माध्यामिक तहसम्म निशुल्क शिक्षा दिने भनिएतापनि गाउँपालिका क्षेत्रमा निशुल्क शिक्षा बनाउन नसकिएको थापाले बताए । यो या त्यो सन्र्दभमा अभिभावक संग पैसा लिएका छौ, उनले भने,–‘दरबन्दी अनुसार शिक्षक नहुँदा रकम लिईएको हो । ’ राज्यले दरबन्दी अनुसारका शिक्षकको व्यवस्था गरिदिएमा यो समस्या समाधान हुने थापाले बताए ।
नगरपालिकामा सरसफाई
सोमवार प्युठान नगरपालिका ४ नयाँ बजार जृम्रिमा सरसफाइ कार्यक्रम गरिएको छ । प्युठान नगरपालिकाको आयोजनामा सरसफाई गरिएको हो । नगरक्षेत्रका जनतालाई सधै सफा रहनुपर्छ भन्ने चेतना दिनका लागि उक्त कार्यक्रम गरिएको यूवा संघ प्रदेश सन्देश पुजा भुसालले बताईन् ।

नगरउपप्रमुख शान्ता आचार्य, युवा समिति प्युठानका अध्यक्ष नेगनसिंह कुवर, कर्मचारी, प्रहरी, शसस्त्र, समाजसेवी लगाएत नगरक्षेत्रका यूवाहरुको उपस्थितीमा सरसफाई गरिएको हो । जुम्री बजार देखी जाल्पादेवी मन्दिरसम्म सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा नगरउपप्रमुख आचार्यले एकदिन मात्र सरसफाई गरेर पुग्दैन सधैभरि नगरलाई सरसफाई गराउनुपर्ने बताईन् । नगरबासीहरुलाई यूवाहरुले सुरुवात गरेको कार्यक्रममा अरुले पनि साथ देई यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिईन् ।
कमेन्ट गर्नुहोस !