आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

बकर इदमा सार्वजनिक विदा दिन माग


प्यार अलि खाँन
मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल अजहा (बकर इद) नजिकिदै छ । साउन २७ गते सोमवार नेपालभर बकर–इद पर्व मनाउने बताईएको छ । नेपाल हज समितिका पूर्व अध्यक्ष एंव मुस्लिम अगुवा नेतृत्व ताज मोहम्मद मिँया र प्रतिनिधिसभा सांसद कलिला खातुनले उक्त पर्वका दिन सार्वजनिक विदा दिन नेपाल सरकार समक्ष माग गरेका छन् ।
“सबै धर्मका ठूला चाडहरुमा सरकारले सार्वजनिक विदा दिनु पर्दछ ।” मुस्लिम समुदायका अगुवा नेतृत्व ताज मो.मिँयाले भने, “यो संम्पूर्ण धर्मावलम्वीहरुको नैसर्गिक अधिकार हो ।” देश भित्र रहेका संम्पूर्ण जातजाती, धर्म संस्कृति राज्यको सम्पक्ति भएको मिँयाले बताए ।
बकर–इदका दिन सार्वजनिक विदा दिन मिँया संगै सांसद खातुन र संघिय सांसद शेख चाँद ताराले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेकाले सार्वजनिक विदाबारे कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत भेटी गम्भीर ध्यानाकर्षण गराईएको प्रतिनिधिसभा सांसद कलिला खातुनले बताईन् । “प्रधानमन्त्री यस अघि पनि स्पष्ट हुनुहुन्थ्यो ।” सांसद खातुनले भनिन्, “हामी आशावादी छौँ, इदमा जस्तै, बकर–इदमा पनि हामीले सार्वजनिक विदा पाउने छौँ ।”
साउन महिनामा नेपालका विभिन्न ठाँउहरुबाट हज गर्न मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का पुग्दछन् । यस वर्ष पनि नेपालबाट एक हजार पाँच सय जना हज गर्न मक्का पुगिसकेका छन् । मुस्लिम अगुवाहरु हज गर्न (तिर्थ गर्न) नेपाल बाहिर भएकाबेला नेपालमै रहेका मुस्लिम अगुवा नेतृत्वमध्येका एक ताज मोहम्मद र सांसद कलिला खातुनले सक्रियतापूर्वक बकर–इदमा विदा दिन सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top