
सागर रिजाल
प्युठान,२२ साउन ।
स्वर्गद्धारी नगरपालिका २ खालकी गिता विश्वकर्माको अवस्था जटिल भएपनि बुधवार जिल्ला अस्पताल प्युठानका चिकित्कको सक्रियतामा सहज रुपमा सुत्केरी हुनुभएको छ । मगंलबार साँझ देखी सुत्केरी व्यथा विकको बुधवार विहान १० बजे मात्र जिल्ला अस्पताल विजुवार आउनुभएको थियो । बिहान ६ बजे घरबाट एम्बुलेन्समा अस्पताल हिडेकी विक उहाँको श्रीमान टेकबहादुर विकको साथमा अस्पताल आउनुभएको हो ।
उहाँ घरबाट हिडेको करिब एक घण्टापछि बच्चाको हात बाहिर निस्कीएको थियो । जब बाटैमा बच्चा हात निस्कियो त्यसपछि आमा र बच्चाको स्वास्थ्य अवस्था जटिल बनेको थियो । बाटैमा पर्ने भिग्री स्वास्थ्य चौकीमा पु¥याउने वित्तिकै त्यहाका स्वास्थ्यकर्मीहरु तुरुन्तै जिल्ला अस्पताल लैजाने सल्लाह दिएपछि उनीहरु प्युठान अस्पतालमा आईपुगेको गिताको श्रीमान टेकबहादुरले बताउनुभयो । विरामीको अवस्था हेर्ने वित्तिकै प्युठान अस्पतालका एम.डि.जि.पी डाक्टर सुनिल सुनारको नेतृत्वमा उहाँको उपचार सुरु गरियो ।
यस्तो प्रकृतिको सुत्केरीलाई अप्रेशननै गर्नुपथ्यो तर पहिलो पटक अप्रेशन विनानै सुत्केरी गराउन सफल भएको डा. सुनारले बताउनुभयो । बच्चाको मृत्यु भईसकेकाले अप्रेशन गर्दा आमालाई समस्या हुने भएकाले अप्रेशन विनानै सुत्केरी गराएको उहाँले बताउनुभयो । बच्चालाई बचाउन सकिएन, उहाँले भन्नुभयो,–‘आमाको अवस्था राम्रो छ । ’ अप्रेशन गरेपछि अर्को बच्चा जन्माउन अफ्ठेरो, घाउ, महिलालाई लामो समयसम्म पिडा हुने हुनाले सरल प्रक्रियाबाट उपचार गरेको उहाँले बताउनुभयो । जिल्लामा पहिलोपटक यसरी सुत्केरी गराउन सफल भएकोमा हामीहरु खुसी भएको प्रसुती समूहका डांक्टरहरुले प्रतिक्रिया दिनुभयो । एम्बुलेन्सको हिडाईका क्रममा झक्दा महिलाको बच्चाको हात निस्कीएको, सालनाल आउन लागेको डा. सुनारले बताउनुभयो ।
दोस्रो सन्तान छोरीलाई बचाउन नसकेपनि श्रीमती बाचेकोमा खुसी भएको गिताका श्रीमान टेकबहादुर विकले बताउनुभयो । रातीदेखी नै पेट दुख्यो भन्थि उहाँले भन्नुभयो, –‘विहान एम्बुलेन्स बोलाएर अस्पताल ल्याएको हुँ । ’ भिग्री स्वास्थ्य चौकीमा पसेपनि त्यहाँ नसक्ने भएपछि प्युठान अस्पतालमा आई श्रीमती गिताको विना अप्रेशन सुत्केरी गराउन सफल भएकोमा डाक्टरप्रतिको विश्वास वढेको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !