आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

भावना हराएका मान्छे


 

तिमी र म आज
विज्ञानको भाषामा
सजीव यन्त्रमानव बनिरहेछौं ।

हामीलाई यस धर्तीमा सिर्जिने
हाम्रा ममतनकी खानी आमा
हाम्रा प्रेरणाका मूल बाबालाई
छातिमाथि गह्रौं पथ्थर चढाइदिदै
वृद्धाश्रम पठाएका छौं,
नभए घरमै एक्लो७लदकउस कैदि बनाएर सामिप्यतादेखि भाग्दै छौं
िअनि,नित्य
सकारै मन्दिरमा पुगी
निर्जीव ढुङ्गे मुर्तिका गोडामा निधार टेकाउदै छौं
हामीलाई आशिष
त्यही निर्जीव ढुङ्गे मुर्तिले दिदै छ किरु
आमाबाबाले रु
तिमी र म आज
विज्ञानको भाषामा
भावना हराएको सजीव यन्त्रमानव बनिरहेछौं ।

दिनभरि मेलापात र लालाबालासंग
भोको पेटमा पटुकी कसेर जोतिएकी श्रीमती
भान्सामा जे जुट्यो त्यही पकाएर
हामीलाई कुरिरहेकी हुन्छे।
हामी भने
दिनभरि म्यारिज,क्यारिम र लुडो खेलेर
साँझपख भट्टीमा छिर्दैछौं।
रक्सीको चुस्की र चुरोटको धुवामा लठ्ठिदै
भट्टीवालीको कृतिम मुसकानसंगैको चालढालमा भुलेर
मध्य रात गुजार्दै छौ।
हामीप्रतिको सच्चा माया
भट्टीवालीको छ कि भोकी श्रीमतिको रु
तिमी र म आज
विज्ञानको भाषामा
भावना हराएको यन्त्रमानव बनिरहेका छौं ।

जन्मभूमिको स्नेह विर्षिएर
जन्मदा छाति टेकाएर दुबै हातले ओकरेको धर्तीलाई
भाडाकुडी खेल्दा खाएको माटोलाई
बन्द कोठामा राष्ट्रियतालाई तिलाञ्जली दिदै
निर्लज मोलमोलाइ गर्दैछौं।
बाहिर भने रामको आदर्श फलाक्दै छौं।
हामीलाई पद,प्रतिष्ठा र वैभवको माया छ किरु
मातृभूमिको रु
तिमी र म आज
विज्ञनको भाषामा
भावना हराएको यन्त्रमानव बनिरहेछौ ।

देशमा भर्सेला परोस्
समाजमा डढेलो लागोस्
छिमेकमा लास परोस्
परिवारमा जतिसुकै दुखपीडा किन नपरोस्
हामी भने
नाक,कान,थुनेर
आखामा पट्टि बाँधेर
नितान्त आफ्नै भागको मात्र दुनो सोझाउदै
टागामा नारिएका घोडा बनेका छौं।
दायाँबायाँ कतै नहेरी
स्वार्थले भरिएको घडा मात्र देख्ने
त्यागको सानो कण नदेख्ने
हो, तिमी र म आज
विज्ञानको भाषामा
भावना हराएको यन्त्रमानव बनेका छौं ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top