आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

६० वर्ष माथिका जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा


सागर रिजाल
प्युठान,२० साउन ।
प्युठान नगरपालिकाले नगरक्षेत्रभित्रका ६० वर्षमाथिका जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा दिने भएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकाले पाँचौ नगरसभाबाट यो निर्णय पारित गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । नगरक्षेत्रका जेष्ठनागरिकहरुको स्वास्थ्य पहिचान,उपचार तथा सचेतना जगाउने उदेश्यसहित यो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
सेवाको सोमबार प्युठान नगरपालिका–३ डाँडागाउँबाट सुभारम्भ गरिएको छ । नगरका १० वटै वडामा यो कार्यक्रम गरिने नगरप्रमुख कक्षपतिले बताउनुभयो । जेष्ठनागरिकलाइ विकासको अनुभूति दिलाउनका लागि यो सेवाको सुचारु गरेका हौँ, नगरप्रमुख कक्षपतिले भन्नुभयो,–‘नगरका १० वटा स्वास्थ्य संस्थाबाट यो सेवा प्रवाह गर्छौँ । ’ गरिबी तथा जनचेतनाको कमिले गर्दा जेष्ठनागरिकहरु स्वास्थ्य संस्था जानुहुन्न, उहाँले भन्नुभयो,–‘जेष्ठनागरिकलाई स्वास्थ्यको पहुँचमा राख्नका लागि यो अभियान सुरुवात गरेका हौँ । ’
बिरामी पत्ता लगाउने अभियान
नगरपालिकाले यो कार्यक्रम मार्फत नगरपालिकामा कस्ता खालका बिरामीहरु छन् भन्ने थाहाँ हुने नगरप्रमुख कक्षपतिले बताउनुभयो । स्वास्थ्य अवस्थाको स्थिती,तथ्यांक संकलन, जनताको अवस्था पत्ता लगाईने कक्षपतिले बताउनुभयो । नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्टाएको छ । स्वास्थ्य संस्थाको एक जना कर्मचारीलाई दैनिक दुईसय रुपिँया भत्ता दिई घरमै सेवा दिन पठाउने छौँ,कक्षपतिले भन्नुभयो,–‘ कर्मचारी नपुगेमा र दिन नपुगेमा वढाउने योजना छ । ’
जेष्ठनागरिक संगै अरु बिरामीलाईपनि स्वास्थ्य सेवा दिईने नगरप्रमुख कक्षपतिले बताउनुभयो । स्वास्थ्यको पहुँच वृद्धि गर्न, नीजीमा उपचार गराउने बिरामीलाई निशुल्क औषधीको बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
सेवाको सुभारम्भमा डाँडागाउँकी ६८ वर्षिय शान्तादेवी कुमालको स्वास्थ्य जाँच गरिएको छ । सापडाँडा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी, नगरप्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगाएतको उपस्थितीमा उनको स्वास्थ्य जाँच गरिएको हो । चेकजाँचमा कुमालको वल्ड प्रेसर र आँखाको समस्या देखीएको साँपडाडा स्वास्थ्य चौकीका ईन्चार्ज गोविन्दराज घिमिरेले जानकारी दिनुभयो । उहाँलाई भिटामिन सी , स्वास्थ्य शिक्षा र थप औषधीका लागि स्वास्थ्य संस्थामा सम्पर्कका लागि अनुरोध गरेको उहाँले बताउनुभयो ।


क्षयरोगका बिरामी वढी
प्युठान नगरपालिका–३ मा क्षयरोगका विरामी वढी रहेको एक तंथ्याकले बताएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा यस वडामा ३४ जना क्षयरोगीका विरामी भेटिएको साँपडाडा स्वास्थ्य चौकी प्रमुख गोबिन्दराज घिमिरेले जानकारी दिनुभयो । डाँडागाउँमा पनि तीन जना क्षयरोगको बिरामी भेटिएको र औषधी उपचार भएको उहाँले बताउनुभयो । औषधी पुरा नखाने, सरसफाईको कमि, खानपानको समस्या लगाएतले गर्दा क्षयरोगका बिरामी वढेको उहाँले बताउनुभयो । घरमै दिने सेवाले यस्ता रोगको कमि ल्याउन मद्धत पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । वडा नंम्बर तीनमा २० वर्ष मुनीका १७ जना गर्भवती भएको तथ्यांक रहेको उहाँले बताउनुभयो ।
वडाले चेतनामूलक कार्यक्रम गर्ने
प्युठान नगरपालिकाल वडा नंम्बर तीनले वडाका बासिन्दालाई स्वास्थ्य जागरण फैलाउन चेतनामूलक कार्यक्रम गर्ने वडा अध्यक्ष प्रेमबहादुर हमालले बताउनुभयो । वडाबाट यो कार्यक्रमका लागि एक लाख ५० हजार रुपिँया बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । त्यस्तै वडाले स्वास्थ्य संस्थामा गर्भवती हुने महिलालाई थप एक हजार रुपिँया दिने निर्णय गरेको छ । पहिलेदेखी पाउदै आएको दुई हजार आँठ सय रुपिँयामा थप एक हजार दिईने वडाअध्यक्ष हमालले बताउनुभयो । ५ नंम्बर प्रदेश सरकारले ८४ वर्ष माथिका जेष्ठनागरिकलाई घरमै पुगी स्वास्थ्य सेवा दिने कार्यक्रम अगाडी वढाईरहेको समयमा प्युठान नगरपालिकाले ६० वर्ष माथिका जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम जिल्लामै नौलो हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top