आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावती गाउँपालिकाले जलीय जैविक विविधता संरक्षण गर्दै


सागर रिजाल 
प्युठान,१३ साउन ।
जिल्लाको ऐरावती गाउँपालिकाले जलचर एंव जलीय जैविक विविधताको संरक्षण गर्दै आएको छ । गाउँपालिका क्षेत्रभित्र जलीय जैविक विविधताहरु मासिन थालेपछि पालिकाले यसको संरक्षणमा जोड दिएको हो । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको छ । बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकिन गएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले बताए । गाउँपालिकाको वडा नंम्बर १ र २ क्षेत्रभित्र माछाको संरक्षणका लागि गाउँपालिका र पानी परियोजनामार्फत काम भएको बताए ।
जलीय विविधता संरक्षणका लागि ऐन पारित
ऐरावती गाउँपालिकाले जलचर एंव जैविक विविधता संरक्षण सम्बन्धमा ऐन नै पारित गरेको छ । गाउँपालिका क्षेत्रभित्रको नदी,ताल, तलैया, सीमसार, जलचर, जलीय विविधताको संरक्षण गर्न, जलचर एंव जलीय जैविक विविधताको संरक्षण तथा दिगो उपयोग गर्न ऐनले सघाउ पु¥याउने गाउँपालिका अध्यक्ष शाहले बताए । त्यस्तै जलस्रोत तथा जलचरमा आश्रीत समुदाय बीचको अध्यात्मीक तथा सास्कृतिक अन्तरसम्बध तथा अन्र्तरनिर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रबद्धन तथा व्यवस्थापन गरी आम नागरिकको सुविधा र आर्थिक हितको सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न ऐनको महत्वपूर्ण भूमिका हुने अध्यक्ष शाहले बताए ।
गाउँपालिकाको गाउँसभाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन को दफा १०२ बमोििजम यो ऐन बनाएको गाउँपालिकाले जानकारी दिएको छ ।


वातावरण पत्रकारको छलफल
आईतबार नेपाल वातावरण पत्रकार समुहको आयोजनामा जलाधार क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने उदेश्य राखेर छलफल गरिएको छ । समुदाय स्तरमा गठन भएका आमा समुहले माछा संरक्षण अभियान थालेका छन् । जसले गर्दा झिमरुक जलाधार क्षेत्रमा माछाको संख्या बढेको छ । मध्य राप्ती जलाधार झिमरुक जलाधार क्षेत्रमा कार्यक्रम लागू भएको छ ।
गाउँपालिकाले माछा संरक्षणका लागि दुई वटा माझीसमुह गठन गरेको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र मार्फत चलेको पानी परियोजना मार्फत ऐरावती गाउँपालिकामा माझी समुह गठन गरेको केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताए । जुडा माझी समुह र रकसा माझी समुह गठन गरि माछाको संरक्षण भएको उनले बताए ।
माछा र जलीय जैविक विविधतामा असर पर्यो । यहि अवस्थालाई बुझेर गाउँपालिकाले करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्न रोक लगाएको माझी समुहका स्थानीय बताउछन् ।


ऐनको सही कार्यान्वयनमा जोड दिन आग्रह
वातावरण पत्रकार समुहको आयोजनामा भएको पानी छलफल कार्यक्रममा सरोकारवालाले गाउँपालिकाले पारित गरेको ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएत माझी समुह, रेडक्रस, प्रहरीको उपस्थितीमा छलफल कार्यक्रम भएको हो । माछा संरक्षण गर्नका लागि माझी समुह सक्रिय भएको रकसारह माझी समुहकी अध्यक्ष सिमा घर्तिले बताईन् । उनले भनिन,–‘यसको थप कार्यान्वयनका लागि गाउँपालिकाले ध्यान दिन जरुरी छ । ’
गाउँपालिका अध्यक्ष शाहले जलीय जलचरको संरक्षणका लागि ऐन अनुसार काम गरिने बताए । छिमेकी जिल्ला अर्घाखाँचीका स्थानीयले माछा मार्न आउने थाहाँपाएपछि यसको रोकथामका लागि यस क्षेत्रका स्थानीय तहसंग सहकार्य गरि अगाडी वढेका छौँ, अध्यक्ष शाहले भने,–‘अब यसको पूर्ण रुपमा रोकथाम हुनेछ । ’ त्यस्तै पालिकाले वातावरण संरक्षणका लागि सड्क निर्माण गरेसंगै वृक्षारोपण गर्ने कार्यलाई अगाडी वढाएको उनले बताए । अगिल्ला वर्ष ४० हजार विरुवा वृक्षारोपण गरेका हौँ, उनले भने,–‘यस आर्थिक वर्षमा पनि वृक्षारोपण गर्ने कार्यक्रम छ । ’
गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने हामीले जलचर एंव जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत असार ३० गतेको छैठौँ गाउँसभाबाट सर्बसम्मत रुपमा पारित गरेका छौँ । यो विधेयक पारित भएसंगै हामीलाई जलचर संरक्षण सम्बन्धी कानुनी बाटो खुलेको छ । पर्यावरणको संरक्षण नहुँदा हाँल विश्वभर मानव समुदायमा संकट उत्पन्न हुने ज्यादै ठूलो खतरा देखीएको बताए । जलवायु परिवर्तनले विश्व आक्रान्त बन्दै छ ,‘यसको सम्बन्ध आर्थिक, सांस्कृतिक , सामाजिक र राजनीतिक रुपमा पनि जोडिएको छ, उनले भने,–‘ तसर्थ वातावरण र पर्यावरणको सुधारका लागि हामी सबै समर्पित हुन जरुरी छ ।’ वातावरण संरक्षण संगै उत्पादनमा पनि वृद्धि आउने छ र मुलुकको समृद्धिमा सहयोग पुग्ने कुरामा उनले जोड दिए । हामीसंग भएका श्रोत साधनको संरक्षण नै वातावरण सम्र्वद्धनको आधारभूत उपाय हो । भूउपयोगबाटनै पर्यावरणीय प्रगतिलाई अगाडी वढाउन सकिन्छ यसैले हामी बस्ने ठाउँ, हामीले काम गर्ने ठाउँ पर्यावरणीय रुपमा सुधार हुन जरुरी भएको उनले बताए ।
पाँच प्रतिवद्धता
पानी छलफलमा चालु आर्थिक वर्षमा जलीय जलीय जैविक विविधताको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानिय स्तरमा ऐनका बारेमा जनचेतना जगाउने, मौलिक उत्पादनलाई समेटन गाउँपालिकाले कोशेली घर निर्माण गर्ने, वृक्षारोपण गरेको क्षेत्रमा खुल्ला चरिचरण रोकिने , प्रत्येक सामुदायिक वनमा बनेका र बनाउने रिचार्ज पोखरीको संरक्षण र सर्वद्धन गरिने र जलीय जैविक विविधता सम्बन्धी यस अघीका प्रतिवद्धतालाई निरन्तरता दिईने पाँच प्रतिवद्धता गरेको वातावरण पत्रकार समुहले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top