आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

भष्टाचार नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम


सागर रिजाल
प्युठान,११ साउन ।
असल शासन, सार्वजनिक जवाफदेहिता तथा भष्टाचार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम ऐरावती गाउँपालिका बरौलामा सम्पन्न भएको छ । कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रम मार्फत अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको हो । ऐरावती गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाह लगाएत सम्पूर्ण वडा अध्यक्ष, कार्यपालीका सदस्य, पवक्ता लगाएत वडा अध्यक्षको उपस्थीतीमा कार्यक्रम गरिएको सहजकर्ता शिवा रेग्मीले जानकारी दिनुभयो ।


कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले सार्वजनिक जवाफदेहिता र भष्टाचार नियन्त्रण सम्बन्धी जान्नैपर्ने विषयबस्तुको बारेमा छलफल गरिएको थियो । जनप्रतिनिधिहरुलाई अशल शासनका बारेमा जानकारी गराउनुका साथै यसको बैधानिकता, यसका तत्वहरु, सेवाग्राहीलाई काममा सन्तुष्टी कसरी दिईन्छ यसका बारेमा छलफल गरिएको थियो । त्यस्तै सूचनाको हक, भष्ट्रचार नियन्त्रण सम्बन्धी छलफल गरिएको सामाजिक सहजकर्ता रेग्मीले बताउनुभयो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण विष्णु पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले यस सम्बन्धी जानकारी जनप्रतिनिधिले धेरै पटक लिईसकेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसले अभिमुखीकरणले पनि काममा अझ थप प्रभावकारी विश्वास लिएको छु । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top