आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्यूठानका एम्बुलेन्स कमाउ धन्दामा दुर्गमबाट सेवा दिनुपर्ने एम्बुलेन्स सुगममा


प्यार अलि खाँन
प्यूठानमा संचालित एम्बुलेन्स सेवामा केन्द्रित नभएर कमाउ धन्दामा लागेको पाईएको छ । एम्बुलेन्स सेवा संचालन निर्देशिका तथा तोकीएको मापदण्ड समेत पुरा नगरि एम्बुलेन्स संचालन भैरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।
जिल्लाका विभिन्न ठाँउका लागि एम्बुलेन्स सेवा दिने भनि विभिन्न सामाजिक संघसंस्थाहरुले एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् । दुर्गमबाट सेवा दिने भनिएका एम्बुलेन्सहरु सुगममा मात्र केन्द्रित हुँदा एम्बुलेन्सहरु सेवामुखी नभएर नाफामुखी हुँदै गएको प्यूठानीहरु बताउँछन् ।
भन्सार छुट भएका एम्बुलेन्स सेवामैत्री भएनन्
‘दुर्गम बस्तीमा गर्भवती सुत्केरी लगाएत आकस्मीक अवस्थाका विरामीहरुलाई सेवा दिन एम्बुलेन्स अन–द स्पोट राख्नुपर्ने हुन्छ ।’ स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘तर सबै एम्बुलेन्स प्यूठान अस्पताल केन्द्रित भए ।’ दुर्गम बस्तीमा स्वास्थ्य संस्था टाढा हुने अझ त्यस माथि एम्बुलेन्सहरु जिल्ला केन्द्रित हुुँदा जनताहरुको पहुँच कम हुने सुवेदीको भनाई छ । ‘सामाजिक उत्तरदायित्व सहितको सेवा हुनुप¥यो ।’ सुवेदीले भने ।
जिल्लाभरका एम्बुलेन्स प्यूठान अस्पताल आसपासमा पार्किङ हुँदा सेवागा्रहीहरुलाई सास्ती भएको प्यूठान अस्पतालले बताएको छ । सम्वन्धित संघसंस्थाले आफ्नै छुट्टै पार्किङ ऐरिया बनाउनु पर्नेमा अस्पताल प्रशासनले जोड दिएको छ । उता एम्बुलेन्सहरुले तोकीएको भन्दा बढी शुल्क लिने र रसीद समेत नदिने गरेको पाईएको जिल्ला रेडक्रस प्यूठान शाखाका सभापति गुमानराज पुलामीले बताए । ‘दुर्गमका जनताले सेवा पाएनन् ।’ पुलामीले भने, ‘दाङबाङको एम्बुलेन्स २ वर्ष भयो यही विजुवार केन्द्रित छ ।’ रजवाराको एम्बुलेन्स मासिक २० हजार रुपैयाँमा ठेक्कामा गएको सुनिएको पुलामीले बताए । ‘भन्सार छुट भई आएका एम्बुलेन्सहरु सेवामुखी हुन सकेनन् ।’ पुलामीले भने, ‘आचारसंहिता पालना नगर्दा समस्या गहिरिएको छ ।’ जनज्योती टिकुरीद्धारा संचालित सव–वाहनले विरामी समेत बोक्ने गरेको एम्बुलेन्स चालकहरु बताउँछन् । एक चालकले भने, ‘दुबै काम गर्न पाईदैन एउटा मात्र गर्नुप¥यो ।’
जिल्ला एम्बुलेन्स सेवा संचालन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एम्बुलेन्स सेवा मैत्री नभएको, बढी शुल्क लिएको गुनासो आएसंगै अनुगमन गरिएको बताए । ‘नियमअनुसार संचालन नभएका एम्बुलेन्सको दर्ता खारेजीको चेतावनी दिएका छौँ ।’ प्रजिअ गैह्रेले भने, ‘अनुमति नलिएका एम्बुलेन्सलाई ३ दिन भित्र मापदण्ड पुरा गरि आउन भनेका छौँ ।’ अनुमति नलिएका ४ वटा एम्बुलेन्सको कागजपत्र तथा चाबी नियन्त्रणमा लिएको गैह्रेले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top