आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा अनुमति विना एम्बुलेन्स सेवा सञ्चालन अनुमति नलिएका एम्बुलेन्सको चापी र कागजपत्र खोसीयोे


सागर रिजाल
प्युठान,३ साउन ।
जिल्लामा सरकारी तथा गैरसरकारी संस्था मार्फत सञ्चालनमा रहेका बिरामी बोक्ने एम्बुलेन्सको अनुगमन गरिएको छ । एम्बुलेन्स सेवा सञ्चालन अनुगमन उपसमितिले शुक्रवार जिल्लामा सञ्चालित १५ वटा एम्बुलेन्सको अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश गैर सरकारी संस्थाबाट सञ्चालन भएका एम्बुलेन्सको कमजोरी पाईएको छ । अनुमति नलिई सञ्चालनमा आएका एम्बुलेन्सको चापी र कागजपत्र जफद गरिएको अनुगमन समितिका संयोजक तथा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो । एम्बुलेन्स सञ्चालकलाई धेरै पटक सम्म अनुमति लिनका लागि निर्देशिका सहित पत्र पठाईएपनि अनुमति नलिएकाले अनुगमन गरिएको संयोजक सुबेदीले बताउनुभयो । यस अघि तीन पटक सम्म पत्रचार गरेपनि अटेर गरेपछि शुक्रवार गरिएको अनुगमनबाट चार वटा एम्बुलेन्सको चापी खोसीएको छ । भारतीय भु.पू सैनिक रजवारा, प्युठान काठमाण्डौ नेवाः समाज, जोन्से स्मृति प्रतिष्ठान र भारतीय भुपू सैनिक जिल्ला समितिको एम्बुलेन्सको चापी अनुगमन टोलीले नियन्त्रणमा ल्याएको हो । अनुगमनका क्रममा एम्बुलेन्स सञ्चालक संस्थाले अनुमति पत्र नलिएको,तोकीएको भाडा दरको लिष्ट नराखेको, लगबुक नराखेको यदि राखिहालेमा भाडादर वढी लिएको पाईएको उहाँले बताउनुभयो । कतिपय एम्बुलेन्सहरु सञ्चालकले ठेकेदार अथवा कुनै व्यक्तिलाई भाडामा दिईएको समेत पाईएको उहाँले बताउनुभयो ।
दुर्गमको अनुमति लिएपनि सुगममै एम्बुलेन्स
एम्बुलेन्स सञ्चालक समितिले दुर्गम क्षेत्रमा सञ्चालन गरि सेवा दिने अनुमति लिएपनि दुर्गममा एम्बुलेन्स नगएको अनुगमन समितिले पाएको छ । दुर्गमका लागि अनुमति लिएका छन्, अनुगमन समिति संयोजक, सुबेदीले भन्नुभयो,–‘एम्बुलेन्स दुर्गम नगई सुगम बजार क्षेत्रमै बसेका छन् । ’ हरेक चौमासिकमा एम्बुलेन्स सञ्चालकले प्रगति प्रतिवेदन स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने भएपनि अधिकाशंले नबुझाएको पाईएको छ । बार्षिक लेखा परिक्षण प्रतिवेदन पनि हाँलसम्म नबुझाएको पाईएको संयोजक सुबेदीले बताउनुभयो । शववाहन बोक्नका लागि अनुमति लिएका शववाहनले एम्बुलेन्सको रुपमा सञ्चालन भई बिरामी बोकेको समेत पाईएको उहाँको भनाई छ ।
जुन स्थानमा सेवा प्रदान गर्ने भनेर सञ्चालन अनुमति भएको हो सोहि स्थानमा राखेर सेवा दिनुपर्नेमा यो नभएकाले अनुगमन गरिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताउनुभयो । एम्बुलेन्सहरु सबै अस्पताल आसपास मात्रै केन्द्रित भएको, बढि भाडा लिएको, दुरूपयोग भएको लगायतका गुनासा आएपछि बैठक बसेर सुधार्न निर्देशन दिईएको उहाँले बताउनुभयो । उहाँल भन्नुभयोे,–‘अझै वेथिति देखिएकाले अनुगमन गरिएको हो । ’ अनुगमनका क्रममा केही एम्बुलेन्स नविकरण नगरेको, तोकिएको स्थानमा सेवा नदिएको लगायतका समस्या भेटेपछि नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । नियमानुसार सञ्चालन नगरेमा दर्ता खारेजी लगायतका आवश्यक कारवाहि गरिने प्रमुख जिल्ला अधिकारी गैहृेको भनाई छ । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ संशोदित २०७५ बमोजिम भन्सार छुट लिने प्रक्रिया र सञ्चालन अनुमति लिने प्रक्रिया रहेको छ ।

तीन दिनको अल्ट्रिमेटम
जिल्ला स्तरिय एम्बुलेन्स सेवा सञ्चालित समितिको अनुमति नलिई सञ्चालनमा आएका एम्बुलेन्स सञ्चालकलाई तीन दिन भित्र आफ्ना कागजपत्र ल्याई अनुमति पत्र लिनका लागि स्वास्थ्य कार्यालयमा आउन आग्रह गरेको अनुगमन समितिका संयोजक सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा गैर सरकारी संस्था तथा स्थानिय तहहरुले एम्बुलेन्स किन्ने मावल सिर्जना भएको र ल्याउन, भन्सार छुट गर्न सजिलो भएपनि यसको दिगो व्यवस्थापनमा चुनौती देखिएकाले ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
सञ्चालक संस्था र चालकले एम्बुलेन्स सञ्चालन निर्देशिका बमोजिम आचारसंहित सहि ढंगले पालना गर्दै दुर्गम दुरदराजमा रहेका सेवाग्राहीहरुलाई सहज प्रेसण प्रणाली अबलम्बन गरे स्वास्थ्य सेवाको पहुँच समेत वृद्धि गर्न सकिने आम सेवाग्राहीको बुझाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top