
सागर रिजाल
प्युठान,३१ असार ।
ऐरावती गाउँपालिकाले पालिकाभित्र खुलेर देखीएका एच.आाई.भी. संक्रमितलाई आर्थिक सहयोग गरेको छ । पालिकाभित्र एच.आई.भी. सक्रमित देखीएका ३६ जना मध्ये १५ जनालाई प्रतिव्यक्ति छ हजारका दरले आर्थिक सहयोग गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ ।
एच.आई.भी. संक्रमितलाई आर्थिक सहयोग गर्दै गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले स्थानीय सरकार एच.आईं. भी. संक्रमितको साथमा रहेको बताए । ‘हामीले तपाईहरुलाई दुई चार हजार पैसा सहयोग गरेर दिर्घकालीन रुपमा समस्या टर्दैन, उनले भने,–‘ दिर्घकालिन समस्या समाधानका लागि कुनै आयआर्जनको माग लिएर गाउँपालिका आउँनुहोस हामी सहयोग गर्नेछौँ ।’
त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले एच.आई.भी. सक्रमितलाई समाजमा खुलेर देखिनुका साथै आफुले भोगेका समस्या को बारेमा जनचेतना जगाउनका लागि थप उर्जा मिलोस भन्ने उदेश्यले सम्मान स्वरुप आर्थिक सहयोग गरेको बताए । उनले भने,–‘सक्रमितहरुले मर्यादित र अनुशासनमा रहि समाजलाई सहयोग पुर्याउनुहुनेछ । ’ साथै सक्रमितलाई समाजमा अरु सरह जीवन विताउन पनि आर्थिक सहयोगले हौसला प्रदान गर्ने उनले बताए ।
गाउँपालिका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले रोग लाग्यो भन्दैमा आफुलाई हिनताबोध गर्ने हैन जति बाचिन्छ खुसीसाथ बाच्नुपर्ने बताए । उनले सक्रमितलाई अनुशासित र मर्यादित भई समाजलाई सहयोग गर्न आग्रह गरेका थिए । एच.आई.भी. संक्रमितहरु गाउँपालिकाले आर्थिक सहयोग गरेकोमा खुसी भएका छन् ।
ऐरावतीमा वडा नं एकमा एकजना, वडा नंम्बर दुईमा पाँच जना, वडा नंम्बर चारमा ७ जना, वडा नंम्बर पाँचमा १९ जना र वडा नंम्बर छ मा चारजना गरि ३६ जना एच.आई.भी सक्रमित रहेका छन् ।
कमेन्ट गर्नुहोस !