
प्यार अलि खाँन
पालिकाका अपाङ्ग तथा सुत्केरी महिलाहरुको लागि सरुमारानी गाँउपालिका सुख–दुःखको सारथी बन्ने भएको छ । नेपाल सरकारबाट अपाङ्गता भत्ता प्राप्त गर्न छुटेका (ग) बर्गको परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई सरुमारानीले भत्ता दिने भएको छ । गाँउपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ वमोजिम अपाङ्गता सहायता कोष कार्यविधि पारित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिृत अमरवहादुर वलीले बताए ।
‘अपाङ्गताहरुको जिविकोपार्जनमा सहयोग तथा सुधारका लागि कार्यपालिकाले कार्यविधि पारित गरेको छ ।’ वलीले भने, ‘अपाङ्गगता सहायता कोषमा ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।’ मासिक ५ सय रुपैयाँ भत्ता प्रदान गरिने कार्यविधिमा उल्लेख भएको गाँउसरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए । ‘हामी वडाहरुमा सिविर गर्दैछौँ ।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘राज्यबाट सेवा सुविधा पाउन छुटेका (ग) बर्गका अपाङ्गताहरुको पहिचान गर्न सिविरले सघाउ पु¥याउने छ ।’ सामाजिक सुरक्षाका सवालमा गाँउपालिका नेतृत्व सदैव दत्तचित्त हुने पालिका प्रमुख विश्वकर्माको भनाई छ ।

कार्यविधिको सही रुपमा कार्यान्वयन भए वा नभएको अनुगमन गर्न गाँउपालिकाको अध्यक्ष संयोजक रहेको कार्यदलमा उपाध्यक्ष सह–संयोजक, सामाजिक विकास समितिको संयोजक, प्रमुख प्रशासकीय अधिकृत र महिला विकास शाखाको कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।
यसै गरि गाँउपालिकाले सुत्केरी महिलालाई पशुजन्य खानाको स्रोत अभावका कारण आमा र बच्चाको स्वास्थ्यमा नराम्रो प्रभाव परि बच्चा कुपोशित हुने समस्यालाई कम गर्न १ क्यारेट अण्डा उपलब्ध गराउने नीति लिएको छ । सुत्केरी पोषण सहायता कोष अन्तर्गत गर्भवति महिलाले प्रोटोकल अनुसार तोकीएको समयमा पुन–गर्भजाँच र पूर्ण संस्थागत सुत्केरी गराउने उदेश्यले कार्यविधि तयार पारिएको गाँउपालिकाले जनाएको छ । ‘सुत्केरी महिलाहरुलाई सात दिन भित्र १ क्यारेट अण्डा प्रदान गर्छौ ।’ प्रमुख प्रशासकीय अधिकृत वलीले भने, ‘सुत्केरी पोषण सहायता कोेषमा २ लाख बजेट छुट्टाएका छौँ ।’ सामाजिक सुरक्षा तर्फ गाँउपालिकाले टुहुरा बालबालिकाहरुलाई मासिक भत्ता, अपाङ्गता तथा सुत्केरी महिलाहरुलाई सहायता गर्ने नीति ल्याएकोमा गाँउपालिका बासीहरुमा खुसी छाएको छ ।
कमेन्ट गर्नुहोस !