आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

सेल्फी केन्द्र बन्दै शहिद पार्कको वाटर फाउन्टेन


प्यार अलि खाँन
निर्माणाधिन शहिद स्मृति पार्कमा रहेको वाटर फाउन्टेन स्थानिय पर्यटकहरुका लागि सेल्फी केन्द्र बन्दै गएको छ । प्यूठान नगरपालिका वडा नं. ४ स्थित गाँजुरीमा वाटर फाउन्टेन निर्माण भएसंगै स्थानीयहरु तस्वीर खिचाउन तथा सेल्फी हान्न आउन थालेको स्थानीय गोविन्द कार्कीले बताए । पार्कमा दैनिक घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि भैरहेको कार्की बताउँछन् । ‘पानीको फौहरा हेर्न धेरै आउँछन् ।’ कार्कीले भने, ‘पार्क निर्माण भएपश्चात् प्यूठानकै पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेल्नेछ ।’
शहिद स्मृति पार्कको डिपिआर तयार भई निर्माण कार्य अघि बढीरहेको प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एंव पार्क निर्माण व्यवस्थापन समितका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । डिभिजन वन कार्यालय प्यूठानको ५० लाख सहयोगमा पार्क स्थलमा वाटर फाउन्टेन र शहिदहरुको शालिक राख्ने संरचना तयार भएको न्यौपानेले बताए । ‘२०७६÷०७७ मा पार्कमा करिब १ करोड ३० लाखको काम हुनेछ ।’ न्यौपानेले भने, ‘प्रवेश गेट, पिकनिक स्र्पोट लगाएतका अन्य संरचनाहरु बन्ने छन् ।’ पार्क निर्माणका लागि प्रदेस सरकार र प्यूठान नगरपालिकाको समान ५० लाख र प्यूठान उद्योग वाणिज्य संघको ३० लाख बजेट खर्च हुने छ ।
५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको शहिद स्मृति पार्कको लागत स्टिमेट करिब १४ करोडको रहेको छ । पार्क निर्माणले आन्तरिक पर्यटनलाई बढवा दिने विश्वास लिईएको छ भने प्यूठान नगरको ऐतिहासिक भित्रिकोट दरवारलाई समेत जोड्ने लक्ष्य राखिएको छ ।
प्यूठान उपत्यकाका व्यस्त बजार क्षेत्रका स्थानीय बासिन्दाहरुलाई घुमफिर गर्न शहिद स्मृति पार्क गतिलो तथा रमणीय गन्तव्य हुने बाग्दुलाका स्थानीय हार्डवेयर व्यवसायी रमेश पौडेलले बताए । शहिद प्रति सम्मान र सामाजिक परिर्वतनमा जागरण ल्याउन पार्कले सन्देश दिने न्यौपानेको विश्वास छ ।
पार्क निर्माणस्थलमा बनमारा काँडा प्रमुख चुनौतीको रुपमा देखिएको छ । ‘बनमारा काँडाले बनै ढाक्न थालेको छ ।’ निर्माण व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले भने, ‘गत वर्ष पनि काँडा पन्छाउन ठूलो धनराषी खर्च भयो ।’ पार्क छेउमै रहेको सशस्त्र प्रहरी व्यवस्थापन पनि चुनौतीको रुपमा रहेको न्यौपाने बताउँछन् । भविष्यमा पार्कबाट हुने आम्दानी सिर्जनशिल सामुदायिक वन उपभोक्ता समुह, कालिका सामुदायिक वन उपभोक्ता समुह, प्यूठान उद्योग वाणिज्य संघ र प्यूठान नगरपालिकाले समान २५ प्रतिशत आम्दानी बाड्ने सहमती भएको छ ।


पार्क के–कसरी निर्माण गर्ने भन्नेबारे निर्माण व्यवस्थापन समितिले जिल्ला बाहिरका करिब १० वटा विभिन्न पार्कहरुको अध्ययन अवलोकन भ्रमण गरीसकेको निर्माण व्यवस्थापन समितिका सचिव झविन्द्र शर्माले बताए । ‘पार्कलाई केन्द्रमा राखी मल्लरानी, गौमुखी, ऐरावाती र स्वर्गद्धारीलाई पनि जोड्ने योजनामा छौँ ।’ शर्माले भने, ‘शहिद पार्क प्यूठानकै एक महत्पूर्ण पर्यटकिय गन्तव्य बन्न सक्छ ।’
पार्कमा बालबालिकाहरुका लागी फन पार्क, प्रेम जोडीका लागि लभ पार्क, बार रेष्टुरेण्ट, चिडियाखाना, पुलपुलेसाहरु, भ्यू–टावर, जिम खाना, योगास्थल, लगाएतका संरचनाहरु बनाउने योजना डिपिआरमा उल्लेख भएको सचिव शर्माले बताए । पार्कस्थलमा व्यक्तिविशेषले पनि आफ्नो आफन्तको सम्झनामा प्रतिक्षालय, पानी धारा पर्यटकलाई सुविधा पुग्ने जुनसुकै संंरचनाहरु बनाउन सकिने व्यवस्था गरिएको शर्माले बताए ।बिजुवार स्थित आशु निर्माण सेवाले उक्त सहिद पार्कमा रहेको वाटर फाउन्टेन निर्माण सम्पन्न गरेको हो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top