
प्यार अलि खाँन
जिल्लामा मालपोत लेखनदासहरुको दर रेटमा एकरुपता आउन सकेको छैन् । मन लाग्दी दर रेटका कारण सेवाग्राही सर्वसाधारण चर्को रकम तिर्न बाध्य भएका हुन् ।
थरि–थरिका चर्को दर रेटले जनता मारा काम गरिरहेको सरुमारानी गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘जनताहरुको व्यापक गुनासो छ ।’ विश्वकर्माले भने, ‘कहिले तय गरिएको हो, पुर्नविचार हुन जरुरी छ ।’ मनपरि ढंगले लेखनदासहरुले शुल्क लिँदा गरिब जनताले सास्ती भोग्नुपरेको अध्यक्ष विश्कर्माको भनाई छ । ‘मैले जिल्ला सभामा पनि यो विषय उठाएको छु ।’ अध्यक्ष विश्वकर्माले भने ।
उता नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनका जिल्ला अध्यक्ष बोधी प्रसाद पोख्रेलले हाल लिईदै आएको मालपोत दररेटको शुल्कमा केही बृद्धि हुने संकेत गरेका छन् । राजीनामाको १ हजार रुपैयाँ, बैङ्क दृष्टिबन्धकको ५ सय रुपैयाँ, नामसारी लिखतको १ हजार रुपैयाँ र अंशबण्डा प्रति अंशियारहरुको १ हजार देखि १२ सय रुपैयाँ सम्म शुल्क निर्धारण गरिएको पोख्रेलले बताए । ‘४ वर्ष पहिलेको दररेट कायम छ ।’ पोख्रेलले भने, ‘गरिब, असाय, विपन्नलाई निशुल्क पनि सेवा दिने गरेका छौँ ।’
जिल्ला मालपोत अधिकृत गोपाल प्रशाद नकर्मीले श्रावणको पहिलो हप्तामा बस्ने न्याय क्षेत्र समन्वय समितिको वैठकले दररेटबारे छलफल पश्चात् निर्णण लिईने बताए । न्याय क्षेत्र समन्वय समितिमा जिल्ला न्यायाधीस, प्रजिअ, प्र.ना.उ, जिल्ला न्यायाधीवक्ता, वार ऐशोसियसन प्रतिनिधि, वन अधिकृत तथा लेखापढीको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस !