आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

कर्मचारीहरुले कस्को आदेश मान्ने? संघीयता कार्यान्वयनको चेपुवामा स्वास्थ्य कर्मचारी


प्यार अलि खाँन
जिल्लाको सरुमारानी गाँउपालिका तथा स्वास्थ्य कार्यालय प्यूठानबिच आपसी समन्वयको अभाव देखिएको छ । दुबै कार्यालय प्रमुखको जुङ्गाको लडाईमा बाङ्गेसाल स्वास्थ्य कार्यालय प्रमुख विमला ज्ञवाली सिकार भईन । विषय थियो तालिममा सहभागी सम्वन्धमा…..स्वास्थ्य कार्यालय प्यूठानले नाम नै तोकेर तालिममा पठाउन भनि गाँउपालिकालाई पत्राचार गरेको थियो भने पालिकाले ‘के–कती कारणले व्यक्तिको नाम किटान गरिएको हो? स्पष्ट पारिदिनुहुन र यसरी पत्र पठाउँदा व्यक्ति किटान गरि पठाएमा सहभागी पठाउन नसकिने र अटेर गरि गएमा कानुन वमोजिम कारवाही हुने छ ।’ र स्वास्थ्य कार्यालयलाई आगामी दिनहरुमा त्यसरी व्यक्ति किटेर पत्र नपठाउन आग्रह गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरवहादुर वलीद्धारा हस्ताक्षरित सहितको जवाफी पत्र पठायो ।


असार १६ गते स्वास्थ्यले पत्र पठायो भने १७ गते नै सरुमारानी गाँउपालिकाकाले जवाफ फर्कायो । स्वास्थ्य क्षेत्रको तथ्यांक विश्लेषण तथा प्रयोग सम्वन्धि ३ दिने तालिम २० देखि २२ गते सम्मको थियो । बाङ्गेसाल स्वास्थ्य संस्था प्रमुख ज्ञवालीलाई तालिममा किन गएको भनि गाँउपालिकाले २४ घण्टा भित्र ज्ञवालीलाई स्पष्टीकरण पेश गर्न लगायो ।
अधिकृत छैठौँ तहकी हेल्थ असिस्टेण्ट ज्ञवालीले स्पष्टीकरणले आफ्नो काम गर्ने मनोबल तथा हौसला घटाएको प्रतिक्रिया दिईन । ‘मलाई तालिममा नजा भनेर पालिकाबाट छुट्टै पत्राचार गरिएन ।’ बाङ्गेसाल स्वास्थ्य प्रमुख ज्ञवालीले भनिन्, ‘मेरो व्यक्तिगत लाभ हुने गरि गएको त होईन होला, महत्वपूर्ण तालिममा जानु मेरो के दोष?’ गाँउपालिकाका अन्य स्वास्थ्य कर्मचारीहरु यसरी नै तालिममा जाँदा कोही–कसैलाई स्पष्टीकरण नसोधिएको उनले दावी गरिन् । ‘म मेरो सेवाप्रवाहमा दत्तचित्त छु ।’ ज्ञवाली भन्छिन् , ‘आफ्नो विवेक र क्षमताले भ्याएसम्म सदैव उत्कृष्ठ स्वास्थ्य सेवा दिन कुनै कसर वाँकी राख्ने छैन् ।’
पालिकाको खर्च व्यवस्थापनमा तालिममा जाँदा प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुपर्ने र बाहिरबाटै खर्च व्यवस्थापनमा आयोजित हुने तालिममा जाँदा स्वास्थ्यकर्मीहरुले सोध्नु नपर्ने परम्परा तथा सैलीको विकास गाँउपालिकामा भएको ज्ञवालीको भनाई छ ।
उता गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले पालिका मातहतका कुनैपनि कर्मचारीहरु सुचनाविना बाहिर आयोजना हुने तालिममा काज लेखि बाहिर जान नपाउने जिकिर गरे । ‘अहिले पुरानो संरचना छैन् ।’ प्रमुख प्रशासकीय अधिकृत वलीले भने, ‘हामी सिस्टमको विकास गर्न खोजेका छौँ ।’ संघियताको सफल अभ्यासमा कार्यालयहरुको काम, कर्तव्य र अधिकार तथा सीमाहरुको ख्याल गरिनुपर्नेमा वलीले जोड दिए । ‘गाँउपालिकाले तलवभत्ता सेवा सुविधा सबै प्रदान गर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत वलीले भने, ‘एउटा निकायले अर्को निकाय मातहत रहेको कर्मचारीलाई फलानो चाहीयो भन्नु राम्रो हाईन । तिनै तह विच समन्वय र सहकार्य हुन आवस्यक छ ।’
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहप्रति कुनै गुनासो नरहेको बताएका छन् । ‘सही मान्छे, सही समयमा, सही स्थानमा, सही तवरले संचालन हुनुपर्दछ ।’ सुवेदीले भने, जिल्लाका सबै स्वास्थ्यकर्मीहरुको प्रोफाईल डकुमेण्ट हामीसंग छ, कहाँ कस्लाई के तालिम आवस्यक पर्छ र स्वास्थ्य क्षेत्र थप कसरी व्यवस्थित बन्छ, तालिममा मापदण्ड र क्षमताकाकै आधारमा सहभागी पठाउन नाम किटिन्छ । यो कुनै नौलो प्रयोग होईन ।’ साविक जनस्वास्थ्य कार्यालय मातहतका ३ सय ६० जना स्वास्थ्यकर्मीहरु स्थानीय सरकारका नीति तथा कार्यक्रम र स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सदैव साथ दिन हरदम क्रियासिल हुने स्वास्थ्य कार्यालय प्रमुख सुवेदीको भनाई छ ।


स्वास्थ्यकर्मीहरुको विरोध
जिल्लाका सबै सेवा प्रदायक संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु माथि विभिन्न वहानामा नकरात्मक व्यवहार तथा अवहेलना हुँदै गएको भनि स्वास्थ्य क्षेत्रका संयुक्त ट्रेड युनियनहरुले प्रेस विज्ञप्ती जारी गरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल प्यूठानका अध्यक्ष खिम प्रशाद पार्धेले बताएका छन् । ‘स्वास्थ्य क्षेत्रजस्तो सम्वेदनशिल पेशामा सहज वातावरण हुनु जरुरी छ ।’ पार्धेले भने, ‘संघियता कार्यान्वयनमा एकले अर्कालाई निषेध नगरि समन्वय र सहकार्य गर्नु अहिलेको आवस्यकता हो ।’ नेपालको संविधान २०७२ अनुरुप आधारभुत स्वास्थ्य सेवा स्थानीय सरकारको अधिकार र जिम्मेवारी भित्र पर्दछ । जनस्वास्थ्यका अन्य गतिविधि संचालन, प्राविधिक सहजिकरण, क्षमता विकास साथै विशिष्टीकृत सेवाको सुनिश्चितता प्रदेश एंव संघिय सरकारको नेतृत्व एंव तीनै तहका सरकारको उचित सहकार्य र समन्वयमा संचालन गर्नुपर्ने अहिले ज्वलन्त आवश्यकता हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top