मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

राप्ती समाज जापानको अध्यक्षमा प्युठानका रेग्मी


शिवा रेग्मी

प्युठान,१७ असार ।

राप्ती समाज जापानको टोक्योमा सम्पन्न दोस्रो अधिबेशनले प्युठानका युवराज रेग्मी लाई अध्यक्ष र रुकुम पूर्वका प्रकाश ओली लाई महासचिबमा चयन गर्दै पछि २ जना थप्ने गरी २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।आज टोक्यो रोधि कल्बमा सम्पन्न भेलालको अध्यक्षता अध्यक्ष विशेश्वर रेग्मीको र कार्यक्रम सन्चाल प्रकाश ओलीले गर्नु भएको थियो ।अधिवेशनले नि वर्तमान अध्यक्षमा विशेश्वर रेग्मीलाई संरक्षकको जिम्मा दिएको छ ।कार्य समितिको वरिष्ठ उपाध्यक्ष विकास ओली,उपाध्यक्ष प्रेम प्रकाश रोका मगर, नारायण बुढा मगर, मनराज बिश्वकर्मा महासचिव प्रकाश ओली सचिव पन्च बिर चौधरी कोषाध्यक्ष केशब भण्डारी सह( कोषाध्यक्ष आयुष्मा पुन मगर ,प्रवक्ता कमल बाठॉ मगर सदस्यहरु युवक शाहि,विश्व प्रताव बुढा , प्रविण शर्मा ,प्रतिज बुढा,शुनिल गौतम,कृष्ण रोका मगर,टिका डॉगि,टेकम ओली,कमल रावत,पिताम्बर जि सी,बल ब। घर्ति,क्षितिज रोका मगर,सुगम बस्याल,कमल सोनीर चन्द्र जंग मगर लाई चयन गरेको महासचिव प्रकाश ओलीले जानकारी दिनुभयो।यसै गरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारमा डा। नेत्र प्रकास भण्डारी, डा।राजन के। सि,बिष्णु पौडेल, रबि पुन, धनबिर सोनि ,सरद पोख्रेल,तारा प्रसाद बुढा मगर ,शोभान सिगं खड्का हुनुहुन्छ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधान लाई सर्वसम्मत पारित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एक जुट भई राप्तीको विकासमा जोड दिने जापानमा क्रियासिल अन्य संघसंस्था जस्तै समाजले पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाको उद्देश्य भनेको जापानमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुबिच आपसी सद्भाव र समस्यामा सामुहिक सहयोगी भुमिका खेल्नु पर्ने सबैको प्रतिबद्धता रहेको थियो । यसै अवसरमा अहिले सम्म संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउदै आउनु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै नयॉ कार्यसमितीलाई स्वागत पनि गरेको थियो ।कार्यक्रममा राप्ती समाज अष्ट्रलियका जय प्रकाश मगरको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top