
सागर रिजाल
प्युठान,६ असार ।
जिल्लाको ऐरावती गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको छ । पालिकाको वडा नंम्बर ३ बाट औपचारिक कार्यक्रम सहित रोजगार कार्यक्रमको शुरु गरिएको हो । कार्यक्रम मार्फत यस पालिकाका दुई सय ८० जना यूवाले रोजगारी पाएका छन् । रोजगारीको माग गर्दै फारम भरेका एक हजार ९ सय ७६ युवाहरु मध्ये पहिलो चरणमा दुई सय ८० जना युवाहरुलाई रोजगारी दिईएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विनोद त्रिपाठीले जानकारी दिए ।
पालिकाका ६ वटै वडाबाट यूवालाई छनोट गरि काममा लगाएको रोजगार संयोजक त्रिपाठीले बताए । कार्यक्रमअन्तर्गत यूवाहरुले १५ दिन काम गर्नेछन्। कामदारले नाली काट्ने, विद्यालयको वरीपरि पर्खाल लगाउने, सड्क मर्मत, नाली निर्माण र वृक्षारोपणका काम गर्ने रोजगार संयोजक त्रिपाठीले बताए । काम गर्ने कामदारले पाँच सय ८५ रुपिँयाको एक प्रतिशत करकट्टी गरि ज्याला पाउने समेत उनले जानकारी दिए । ऐरावती गाउँपालिकामा रोजगार कार्यक्रमका लागि ३५ लाख बजेट विनियोजन भएको छ ।
रोजगार कार्यक्रमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले रोजगार कार्यक्रम आफैमा राम्रो कार्यक्रम भएको बताए । यूवाहरु विदेशीने दर वढ्दो छ , उनले भने,–‘रोजगार कार्यक्रमले विदेशीने यूवालाई केहि रोक्ने आशा गरेका छौँ । ’ शुक्रवारबाट शुरु भएको कार्यक्रमलाई सफल बनाउन सबैले ध्यान पु¥याउन उनले आग्रह गरे । रोजगार कार्यक्रम मार्फत शुरु गरिएका कामलाई प्राथमिकता दिएर काम गर्न उनले आग्रह गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले अहिले नेपाल सरकारले समाजवाद को परिकल्पना सहितको कार्यक्रम बनाएको बताए । ‘समाजवाद को आधारभुत मान्यता र आवश्यकता भनेको मुलुकमा गरिबी घटाउनु हो’ उनले भने,–‘ जनता को जीवन स्तर उठाउन अब सरकार को परिकल्पना अनुसार पछाडि परेका जनताको लागि हामी जनप्रतिनिधि , रास्ट्रसेवक कर्मचारी र सम्पुर्ण राजनीतिक दल सबैले उहाँहरुलाई केन्द्रमा राखेर निति कार्यक्रम बनाउन आवश्यक छ । ’अहिले नेपाल सरकारले केन्द्रबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को नीति ल्याएकोले हामिलाइ केहिहद सम्म बेरोजगार जनशक्ति ब्यबस्थापन गराउन राहत महशुल भएको उनले बताए । जबसम्म ग्रामीण भेगका जनता को जीवन स्तर उठदैन मुलुक ले समृद्धि को गति नल्याउने उनले बताए । हामीले असल जीवन बिताउन को लागि पनि मेहनत गर्नैपर्छ र अब तपाईं हामी सबै मिलेर मेहनत गरि श्रमलाई सम्मान गर्नुपर्ने उनले बताए ।
रोजगार कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन ओलीले सरकार ले ल्याएको कार्यक्रम सहि भएकोले यसलाइ सहिरुपमा प्रयोग गर्नुपर्ने बताए । रोजगार कार्यक्रम मार्फत भएका कामहरु कतैकतै लक्ष्य अनुसार नभएको पाइएको छ , उनले भने,–‘ यहाँ हामी त्यसो हुन दिदैनौँ, सही रुपमा काम गर्नुपर्छ । ’
कमेन्ट गर्नुहोस !