
सागर रिजाल
प्युठान,४ असार ।
ऐरावती गाउँपालिका वडा नंम्बर ५ पकलामा रहेको पाटेश्वरी नमुना प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई पोषणयुक्त बाल भोजनको प्याकेट वितरण गरिएको छ । विपन्न विद्यार्थीहरुको पोषणमा सहयोग पुग्ने उदेश्यले विद्यालयमा अध्ययनरत ५४ जना छात्रछात्राहरुलाई पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरिएको हो । अन्र्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम ५ नंम्बर प्रदेशका उप प्रमुख रामचन्द्र ज्ञवाली (विरु) र स्थानिय शुनिल शाहीको सकृयतामा पोषण युक्त बाल भोजनको प्याकेट एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।
विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम ५ नंम्बर प्रदेशले गरेको कार्यको ऐरावती गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो,–‘यस्ता संस्थाले आगामी दिनमा ऐरावती गाउँपालिकाका सबै विद्यालयमा सहयोग गरे आभारी हुनेथियौँ । ’ उहाँले यो संस्थासँग सहकार्य गरेर अघी बढ्न आफु र गाउँपालिका तयार रहेको भन्दै आगामी दिनमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
वितरण कार्यक्रममा पोषणका कार्यक्रमलाई नियमति सहयोग गर्न आग्रह गर्दै विद्यालयका प्रध्यानध्यापक दामोदर शर्माले विद्यालयको तर्फबाट संस्थालाई धन्याबाद दिनुभयो । विपन्न विद्यार्थीहरुको स्वास्थ्य तथा पोषणका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम अनुसार ऐरावती गाउँपालिका वडा न ५ मा रहेको यस विद्यालयलका विपन्न परिवारका जना ५४ छात्रछात्राहरुलाई वितरण गरिएको सहयोगीदाता सुनील शाहीले जानकारी दिनुभयो । हामीले स्थानीय स्तरमा पोषण तथा सामाजिक क्षेत्रमा काम गर्ने अभिरुची रहेकोले पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरेका जानकारी गराउँदै यसले विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने आशा गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरु पोषणयुक्त बालभोजन प्याकेट पाएपछि खुसी भएका थिए ।
कमेन्ट गर्नुहोस !