
सागर रिजाल
प्युठान,१ असार ।
माण्डवी गाउँपालिका प्युठानले कृषकलाई अनुदानमा कृषि औजार सामाग्री हस्तान्तरण गरेको छ । पालिकाका अगुवा कृषकहरु नम बहादुर खत्री, कृष्ण बहादुर नेपाली , जुग बहादुर खत्री र हुकुम बहादुर थापा लाई १÷१ वटा पावर टेलर मेसिन हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।त्यस्तै वडा नं ३ का गिरिराज पौडेललाई डिजिटल तराजु हस्तान्तरण गरिएको छ ।
पालिकाले ६ लाख ९५ हजार लगानीमा ५० प्रतिशत अनुदानमा ५ जना अगुवा कृषक हरुलाई सामाग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल अधिकारीले जानकारी दिनुभयो । कृषिको यान्त्रिकरण र आधुनिकीकरणका लागि गाउँपालिका ले यस किसिमको अनुदानको कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
कृषि सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले कृषकको हितका लागि औजार सामाग्री वितरण गरेको बताउनुभयो । युवालाई लक्षित गरि कृषिका कार्यक्रमहरु अगाडी वढेका छन्, उहाँले भन्नुभयो,–‘यस्तै प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि गरिने छ । ’ कृषि समाग्री वितरणले कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।
अनुदानमा उपकरण पाएका कृषकले गाउँपालिका को उक्त सहयोगले कृषिको व्यवसायिकता बढाउने बताएका छन् । अनुदानले कृषिमा लाग्न उत्साह थपेको उनीहरुको भनाई छ ।
कमेन्ट गर्नुहोस !