आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावतीका ४० सहजकर्तालाई संवाद प्रशिक्षक प्रशिक्षण तालिम


सागर रिजाल
प्युठान,२० जेठ ।
ऐरावती गाउँपालिकाका ४० जना सहजकर्तालाई संवाद प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेसनको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित, आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रम (क्भ्भ्म्क्) अन्र्तगत उक्त तालिम सञ्चालन गरिएको हो । कार्यक्रमले ऐरावती गाउँपालिकाका ६ वटा वडाका दुई हजार घरधुरीमा सामाजिक ,आर्थिक शशक्तिकरण गराई दिगो तथा मर्यादित जीवन यापन गराउने लक्ष्य लिएको सहजकर्ता शिवा रेग्मीले जानकारी दिईन् ।
३९ जना किशोरी र १ जना किशोर सहभागी भएको तालिममा सहभागी भएका थिए । सहभागी किशोरकिशोरीले आफ्नो बस्तीका लक्षित घरधुरीका किशोर किशोरीलाई संवाद कक्षा सञ्चालन गर्ने उनले बताईन् । संवाद कक्षामा जीवन उपयोगी सिप सिकाउदै सामाजिक विकृतिका सबालमा छलफल चलाउने उनको भनाई छ । छलफल संगै विकृति हटाउन सरोकारवालासंग समन्वय गरि अभियान सञ्चालन गर्ने छन् । त्यस्तै आफ्नो व्यक्तिगत जीवन योजना निमार्ण गरि सोही अनुसार काम गर्ने, परिवार योजना बनाउने र समुदायको पनि योजना निर्माण गर्दै शशक्त समुदाय बनाउन लागि पर्ने छन् ।


१० दिनसम्म चलेको तलिमको समापन कार्यक्रममा बोल्दै कालिका विकास केन्द्र नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राज भण्डारीले तालिमको सही सदुपयोग गरि कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए । लक्षित वर्गलाई अगाडी वढाउन यो कार्यक्रमले जोड दिएको छ , उनले तालिमका सहभागीलाई भने,–‘आफुसंगै अरुको पनि सुधार गर्न जोड गर्नुहोला । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top