
टिकाराम पोख्रेल
प्युठान,१८ जेठ ।
देश समृद्ध बन्नका लागि कृषिमा आधुनिकिकरण हुन जरुरी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य मणीचन्द्र थापाले बताएका छन । शनिवार कालिका विकास केन्द्र नेपालको सभाहलमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषि प्रसार, अनुसन्धान, किसानहरुसंगको सम्वन्ध र समस्यावारे अन्तरक्रिया कार्यक्रममा शुभ कामना मन्तव्य राख्दै स्थायी कमिटि सदस्य थापाले सो कुरा बताएका हुन । कृषिलाई आधार बनाएर मात्र देश समृद्ध हुने विषयमा जोड दिए । विशेषज्ञहरुको जमाना शुरु भएकोले आधुनिक कृषिमा विशेषज्ञहरुको महत्व बढेको छ । किसानको बारीमा प्रविधि देखिनु प¥यो तब मात्र विशेषज्ञहरुको क्षमता प्रसार भएको मानिन्छ । ‘सरकारको यो वर्ष आधार वर्षको रुपमा रहेको छ ’ स्थायी कमिटि सदस्य थापाले भने,र्– आधार वर्षमा टेकेर समृद्धिको चरण शुरु भएको छ ।’ स्थानीय बजारले मात्र देश समृद्ध हुन सक्दैन अन्तराष्ट्रिय बजारमा पहुँच पु¥याउन गुणस्तरमा ध्यान दिनु पर्ने विषय औल्याएका छन ।
कार्यक्रमको उद्देश्य प्रकाश पार्दै राष्ट्रिय किसान आयोगका सदस्य भानुभक्त सिग्देलले सरकारले तयार गरेको २० वर्षे कृषि रणनीति आयोगको पहल कदमिमा किसानका अधिकारहरु सम्बोधन गर्न सफल भएको बताएका छन । आयोगको पहलमा संशोधन सहित बनेको कृषि रणनीतिमा सेवाग्राही र सेवा प्रदायक बीचको शुशासन हुनु पर्ने, किसानको पहुँचमा जग्गा हुनु पर्ने, कृषिलाई उद्योग र व्यवसायिकरण गर्ने, विश्व बजारमा किसानको पहुँचको सुनिश्चितता, किसानलाई प्राकृतिक श्रोत साधनमा अन्यलाई भन्दा बढि अधिकार रहनु पर्ने विषय समेटिएका छन जसमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको सदस्य सिग्देलको दाबी छ । उनले भने २० वर्षे कृषि रणनीति संघर्षशिल अवस्थामै स्वीकार गरेका हौं । कार्यक्रममा राष्ट्रिय किसान आयोगका विज्ञ सदस्य उदयचन्द्र ठाकुरले आयोगले गरेका गतिविधि, कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक रामचन्द्र अधिकारी हाल सम्मका अनुसन्धान र यसका उपलव्धी, नेपाल जलवायू परिवर्तन महासका केन्द्रिय अध्यक्ष राम कुमार ढुंगानाले जलवायू परिवर्तनले वातावरणमा पारेको र पार्न सक्ने प्रभावका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि चित्र बहादुर श्रेष्ठले व्यानर पढेर उदघाटन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैहे्र, प्यूठान नगरपालिका नगर उप —प्रमुख शान्ता आचार्य, जिल्ला समन्वय समिति प्यूठानका उप —प्रमुख पदम थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि धु्रव थापा, नेपाली कांग्रेसका सभापति अमर प्रसाद भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तुल्सिराम शर्मा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता रविन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि अर्थ विज्ञ क्रान्ति राईले गरेकी थिईन । कार्यक्रममा प्रदेश नं.५ का १२ जिल्लाको सहभागिता रहेको थियो । कार्यक्रम २ दिन सम्म चन्ने आयोजकले बताएको छ ।
कमेन्ट गर्नुहोस !