आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

यातायात सम्बन्धी समस्या हल गर्न बैठक


सागर रिजाल
प्युठान ।
प्युठानमा यातायातका विषयमा गुनासो वढेसंगै बुधवार जिल्ला प्रशासन कार्यालयले गुनासोको सम्बोधन गर्न बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको अध्यक्षतामा जिल्ला समन्वय समिति उपप्रमुख पदम थापा, प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपति , सुरक्षा निकायका प्रमुख, , यातायात व्यवसायीका प्रतिनिधि, सड्क डिभीजन कार्यालयका प्रतिनिधि विचमा बैठक बसेको थियो । बैठकले १५ वटा निर्णय गरेको छ ।
बैठकमा कच्ची सड््क खण्डमा सहि भाडा तोक्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको संयोजकत्वमा समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जानकारी दिएको छ । त्यस्तै कालोपत्रे सड्कमा पनि प्रचलित भाडादरमै सवारी साधन चलाउन आग्रह गरिएको छ । सवारी साधनमा भाडा दर टास्न,यात्रुको क्षमता भन्दा वढी यात्रु नराख्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए ।
जिल्लाको मुख्य बजार केन्द्र बाग्दुला र विजुवारमा सड्क जामको समस्या हटाउनका लागि विजुवार चोकबाट लाग्ने सवारीसाधनलाई जुम्री वसपार्कबाट यताउता जानको लागि आग्रह गरिएको समेत प्रजिअ गैहृले जानकारी दिए । बाग्दुलामा हुने सवारी चापलाई कम गर्न एक रुटमा दुई वटा मात्रै सवारी साधन राख्नको लागि निर्देशन दिएको उनले बताए ।
ट्रान्सपोर्टका यातायात चल्न नदिने
बुधवार बसेको बैठकले जुम्री देखी बाग्दुलासम्म विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म ट्रान्सपोर्टका यातायात चल्न नदिने निर्णय समेत गरेको छ । दिउसोको समयमा यो सड्कमा यातायातका साधन वढी चल्ने र ठूला यातायातका साधनले सड्क जाम गरिदिने समस्या हटाउन यो निर्णय गरिएको प्रजिअ गैहृेले बताए ।
सवारीसाधनमा यात्रुहरु माथी हुने अमर्यादित व्यवहाहरु सुधार गर्न यातायात समिति र ट्राफिक कार्यालयलाई अन्र्तक्रिया कार्याक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । सवारीसाधनमा हुने बालश्रम रोक्न समेत यातायात समितिलाई आग्रह गरेको प्रजिअ गैहृेले बताए । जिल्लाको मुख्य बजारहरु जुम्री, विजुवार र बाग्दुला क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था मिलाईदिन प्युठान नगरपालिकालाई आग्रह गरिएको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top