शनिबार, साउन ९, २०८३ | Saturday 25th July 2026

अव ‘कुन्टोको पानी खानु पर्दैन, घर घरमा पानी धारा जमाना फेरिए’


१५ जेठ । राधिका भुसाल
प्यूठान । एक गाग्री पानी भर्नका लागि एक घण्टा हिड्नु पर्ने त्यसमाथी घन्टौ पानी भर्ने लाइनमा बस्नु पर्ने बाध्यताबाट मुक्त भएका तार्कीचौरका बासिन्दा भन्छन्–‘कुन्टोको पानी खानु पर्दैन, घर घरमा धारा छन्, जमाना फेरियो ।’ लामो समय देखि खानेपानीको चरम अभाव झेल्दै आएका प्यूठान नगरपालिका ४ तार्कीचौर गाउँमा अहिले सबैका घर घरमा धारा जडान भएका छन् । ‘बिहान ४ बजे नै पानी भर्न लाइन बस्न जानु पथ्र्यो,’–६६ वर्षिय चेग्रंी सुनार भनिन्–‘अहिले त सबैका घरमा धारा छन् पाइप लगाएर भित्रै पानी भर्छन, कति सुखीका दिन आए ।’ एक गाग्री पानी भर्न २–३ घण्टा सम्म कुन्टो बस्नु पर्ने समस्याबाट मुक्त पाएको उनले बताइन् । आफु सानै हुदाँको कुरा स्मरण गर्दै चेंगी्र भन्छिन्–‘गेरेटो बाट हिड्र भोक भोकै झिम्रुक खोलाबाट बालुवा ल्याइ पहिलो पटक धाराको पानी खाएका थियौ,’–उनले भनिन्–‘लाउखोलाको मुहान छोपेर पानी गाउँमा आएपछि सार्वजनिक धारा बनाइ त्यही पानी खायो ।’ पछिल्लो समय पानीको मुहान सक्दै गएपछि गाउँमा खानेपानीको अभाव हुनु थालेकोले फेरि कुन्टाको पानी खान थालेको सुनारले बताइन ।
प्यूठान नगरपालिकाले यस वर्ष २ लाख ९१ हजार बजेट विनियोजन गरेसंगै स्थानीयले उक्त मुहानलाई मर्मत गरी पहिले भन्दा ठुलो नयाँ पाइप राखेर पानी ल्याएको उपभोक्ता तुल्सी सुनारले बताइन । सोही बजेटमा स्थानीयले पैसा उठाएर नयाँ ठाउँबाट पनि गाउँमा पानी ल्याएको उनले बताइन् । ‘नगरपालिकाको योजनामा नपरेको एउटा सार्वजनिक धारा समेत बनाएका छौं’–अर्की उपभोक्ता माया सुनारले भनिन्–‘मुलमा इन्टेक बनाउँदा सबै उपभोक्ताले बालुवा, गिट्टी, ढुंगा बोक्ने काम देखि खनखोरस गर्ने कार्य गरेका थियो ।’ नगरपालिकाले मर्मतको लागि बजेट दिएपनि आफुहरुले मर्मतसंगै नयाँ मुहानबाट पनि पानी ल्याउन थालेको स्थानीयले रकम उठाउने देखि श्रमदान गर्ने परेको उनहरुको भनाइ छ । पुरानो ठाउँमा नयाँ पाइप राखेपछि त्यही पाइप अर्को ठाउँमा प्रयोग गरी दुइ वटा मुहानबाट गाउँ पानी ल्याएको स्थानियले बताए । ठुटे सिमल, टोमटाचौर लाकुरपानी खानेपानी मर्मत योजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपमेयर शान्ता आचार्य, नगरपालिका प्रशासकीय अधिकृत काशीराम गैह्रे, वडा अध्यक्ष लक्ष्मीप्रकाशराज भण्डारी लगायतले आवश्यक सुझाव समेत दिएका छन् । आफुहरुले योजना सम्झौता गरे लगतै धमाधम काम गरेर समयमै स्थानीयले पानी खाने पाएका उपभोक्ता समितिका अध्यक्ष टंक बहादुर घर्तीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top