आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

माण्डवी गाउँपालिकाको केन्द्र जस्पुरमा


प्युठान,१२ जेठ ।
माण्डवी गाउँपालिकाको केन्द्र जस्पुरमा रहने भएको छ । आईतबार बसेको माण्डवी गाउँपालिकाको विशेष गाउँसभाले पालिकाको केन्द्र वडा नंम्बर ३ जस्पुर राख्ने निर्णय गरेको छ ।
हाल देविस्थानबाट संचालन हुँदै आएको प्रशासनिक कार्य अब जस्पुरबाट संचालन हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा १ बमोजिम प्रदेश सरकारको परामर्श लिई नेपाल सरकार समक्ष गाउँपालिकाको केन्द्र जस्पुर हुने निर्णय गरिएको उनले बताए ।
गाउँ सभा सदस्यको रोजाई
२९ जना गाउँ सभा सदस्यहरु मध्ये २८ जनाले जस्पुर केन्द्र राख्ने निर्णयलाई समर्थन गरेपछि गाउँपालिकाको केन्द्र जस्पुर तोकीएको हो । वडा नं ५ का वडा सदस्य इश्वर बहादुर थापाले उक्त प्रस्तावमा असमर्थन रहेको जनाएका छन् । सेवा प्रवाह, जनसंख्या, भुगोल जस्ता आधारहरुमा सवैको पायक पर्ने गरी जस्पुर राख्ने निर्णय गरिएको अध्यक्ष रोकाले जानकारी दिए । जस्पुरमा माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले १९ रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि जनप्रतिनिधिहरु फरक मत हुँदा गाउँपालिकाले केन्द्र तोक्ने विषयमा विवाद रहेको थियो ।
अन्य भौतिक संरचना देविस्थानमै
सन्तुलित विकास योजनाको अवधारणालाई आत्मसाथ गर्दै अन्य भौतिक संचरनाहरु देविस्थानमा निर्माण गर्ने समेत विशेष गाउँसभाले निर्णय गरेको छ । १५ शैयाको अस्पताल, चिस्यान केन्द्र, बहुउद्देश्यीय हल र अन्य कृषि तथा पशु विकास अन्तरगतका कार्यालय देविस्थानमा निमार्ण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी गराए ।
गाउँसभाबाट खानेपानीको चरम अभाव भएका तीन वटा बस्तीमा विशेष गाउँ सभाले आवश्यक बजेट विनियोजन गरेको छ । माण्डवी गाउँपालिका वडा नं २ गोलवांग, पुकरुक र माण्डवी ३ आँपचौरमा ५० हजारका दरले बजेट विनियोजन भएको गाउँपाकिाल प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top