
प्यार अलि खाँन
प्यूठान
प्यूठानकै मुख्य व्यापारिक केन्द्र बाग्दुला उपल्लो बजार जाने पुरानो बाटोमा व्यापारीहरुले रजाँई गरेका छन् । २०४३ सालमा नापी भएको पुरानो सडक हाल व्यापारीहरुको आँगनमा सिमित हुँदै गएको छ । पहिले यही बाटो भएर साना तथा ठूला सवारी साधन समेत चल्ने यस बाटोमा हाल मोटरसाईकल होईन पैदल समेत हिड्न मुस्किल हुँदै गएको छ । प्यूठानकै प्रतिष्ठित व्यवसायि मानिने कक्षपति घरानाबाट उक्त सार्वजनिक बाटोमा अबरोध हुन पुगेको हो ।
बाटो छेउमै रहेको कक्षपतिको गोदाममा बिहान देखि साँझसम्म साना तथा ठूला सवारी साधन मार्फत लोड तथा अनलोड हुँदा पुरै बाटो जाम हुने गरेको व्यवसायीहरुले बताए । बाटोको मुखमै गोदाम प्रयोजनको घर रहेको र बाटोमै सवारीसाधन राखेर कक्षपति घरानाले दिनभर खाद्य सामानहरु अनलोड तथा लोड गराउँदै आईरहेका छन् । ‘मापदण्ड बमोजिम सडकको क्षेत्रफल कायम हुनुपर्दछ ।’ प्यूठान उधोग बाणिज्य संघका अध्यक्ष समेत रहेका केदारमान कक्षपतिले भने,–‘
बिजुवारमा हाम्रो गोदाम बन्दैछ केही समय भित्रै हाल उत्पन्न समस्या समाधान हुनेछ।’ स्थानीयहरुले सार्बजनिक जग्गा अतिक्रमण गरि घर बनाउँदा बाटोको क्षेत्रफल खुम्चिएको कक्षपतिको भनाई छ ।
‘व्यक्ति विशेषको बाटो हुनुहुँदैन ।’ स्थानिय सुवास भण्डारीले भने, ‘बाटो खुला राख्न पर्दछ र निर्वाधरुपमा मान्छे हिड्न पाउनुप¥यो ।’
दिनहुँ सयौँको संख्यामा चल्ने सवारी साधन हजारौँ विद्यार्थी ओहोरदोहर गर्ने यस क्षेत्रमा उक्त उपल्लो बाटो दिनभर खुला रहे विद्यार्थी तथा बजारमा किनमेल गर्न आउने ग्राहकहरुलाई समेत सुविधा पुग्ने छ । यहाँ कक्षपति मात्र नभएर गोदाम भन्दा माथि रहेका अन्य घरधुरी तथा पसलहरुले समेत बाटोमै सामान राखेर व्यापार गर्दा साना सवारी सहजै हिड्न सक्ने बाटो गोरेटोमा सिमित हुँदै गएको छ । सार्वजनिक जग्गा समेत हडपेर घर बनाउँदा बाटोको क्षेत्रफल समेत गुम्दै गएको स्थानिय ओमभक्त पण्डितले बताए । ‘प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा स्थानियको दादागीरी शैलिका कारण समस्या गहिरिएको छ ।’ पण्डितले भने, ‘व्यापार गर्ने थलो बाटो बन्न हुँदैन ।’ दिनभर बजारमा किनमेल गर्न आउने उपभोक्ताहरु समेत सहज रुपमा बाटो हिड्न नपाउनु लज्जाको विषय भएको उनले बताए ।
दिनहुँ प्रहरी तथा जनप्रतिनिधिहरुले आँखै अगाडी देखेको समस्या हटाउन भने उनिहरुको ध्यान जान सकेको छैन् उनिहरु प्रत्यक्षरुपमा मुखदर्शक बनिरहेको स्थानिहरु बताउँछन् । २÷४ वर्ष अघिबाटै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका उनिहरुले हाल सम्म कार्यान्वयन नगरेको स्थानियहरुले गुनासो गरे । कक्षपतिको लागि सामान लिएर आएका दश चक्के, बाह्र चक्के ट्रक बजार क्षेत्रको साँघुरो सडकमै पार्किङ्ग गर्दा हैरानी बेहोर्नुपरेको स्थानिय बद्रीनाथ श्रेष्ठले बताए । ‘एकजनाको हितको लागि पुरा समाजले दुःख पाउनु हुँदैन ।’ श्रेष्ठले भने ‘प्रहरी प्रशासन, स्थानीय सरकार देखेर पनि नदेखेझै गर्नु कानुनको उपहास हो ।’
बाग्दुला सडक मर्मतसम्भार हुन सकेन
पुल्चोक बाग्दुला देखि उपल्लो बाग्दुला बजार हुँदै बहाने जाने सडकको मर्मत–सम्भार हुन सकेको छैन् । वर्षौ अघि वटासिल पीच बनेको यस सडकमा अहिले कालोपत्रेको नामनिसान छैन् । जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र मानिएको बाग्दुला बजार क्षेत्रको बाटो, ढल निकास अस्तव्यस्त हुँदा नगरवासी भएको अनुभुति गर्न नपाएको स्थानिय मेघ बहादुर केसीले बताए । नगरपालिकाले यस क्षेत्रको विकासमा लगानी नगरेको उनले गुनासो गरे ।
सडक विभागको स्वामित्वमा नपर्ने यस सडक जिल्ला समन्वय समितिको प्रत्यक्ष रेखदेखमा रहने व्यवस्था छ । ग्रामिण सडक सुधार परियोजना अन्तर्गत सडक मर्मतसम्भार तथा सुधारमा सम्वन्धित पक्षको ध्यान नजाँदा उपल्लो बाग्दुलाबासीहरु चिन्तित बनेका छन् । चुनढुङ्गा खानी पक्षले सडक बिस्तार गर्ने भनेपनि बजार क्षेत्रमा के–कसरी काम हुने हो भन्नेमा अन्यौलता छाएको छ ।
कमेन्ट गर्नुहोस !