
सागर रिजाल
प्युठान,३१ बैशाख ।
पर्यटकीय क्षेत्रको पर्यटन र प्रवद्र्धन गर्ने उदेश्यले प्युठानमा गन्तव्य प्युठान २०७६ लाई अभियानका रुपमा अगाडी वढाईने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्राउने उदेश्यले यो अभियान सञ्चालन गरिएको हो । स्वर्गद्धारीसंगै जिल्लाका अन्य पर्यटकीय क्षेत्रको आकर्षण गर्न पर्यटकलाई आकर्षण गर्न गन्तव्य प्युठान वर्ष अभियानका रुपमा अगाडी वढाईने भएको हो ।
मंगलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान र उद्योग वाणिज्य संघ प्युठानको संयुक्त आयोजनामा गन्र्तव्य प्युठान २०७६ का विषयमा सरोकारवालासंग अन्र्तक्रिया गरिएको छ । प्यूठानमा भएका ७ वटा गाउँपालिका २ वटा नगरपालिका गरी ९ वटा स्थानीय तहमा एक, एक वटा पर्यटनका ठाँउहरु लाई पर्यटनको रुपमा बिकास गर्न प्रस्ताव गरी भ्रमण वर्ष सफल बनाउनु प्यूठान उद्योग बाणिज्य सघं, नेपाल पत्रकार महासघं प्यूठानको सयुक्त रुपमा अबधारणा, छलफल, तथा प्रचार प्रसारमा जुटेको प्यूठान उद्योग बाणिज्य सघंका अध्यक्ष केदारमान कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो, –‘पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि सड्कसञ्जाललाई स्थानिय तहले ध्यान दिएर निर्माण गर्नुपर्छ । ’ स्वर्गद्धारी संगै जिल्लाका पर्यटकीय क्षेत्रहरु ओझेलमा आएकाले यसको प्रचारप्रसार संगै प्रवद्र्धनका लागि यो अभियान चालिएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धनमा सबैको साथ हुनुपर्छ । ’
स्थानिय समुदायको आयआर्जनमा टेवा पुग्ने विश्वास
जिल्लाका पर्यटन क्षेत्रको पहिचान गरी स्थानीय समुदायको आर्य आर्जन बढाउन मद्दत पुग्नुका साथै समग्र बिकास हुने हुँदा प्रचार प्रसार गरी भ्रमण वर्षमा सञ्चार क्षेत्र पनी जुटन खोजेको नेपाल पत्रकार महासघं जिल्ला शाखा प्यूठानका नि. बर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले बताउनुभयो ।
जिल्लामा रहेका कृषि उत्पादन, धार्मिक, सास्कँृतिक, सामाजिक लगायतका पक्षहरुको पहिचान गरी विकास गर्न र नेपाल सरकारले लिएको भ्रमण वर्षलाई सफल पार्न सबै एकताबद्ध भएर लाग्नु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । साथै जिल्लाका नौ वटै स्थानिय तहका मुख्य पर्यटकीय क्षेत्रको पहिँचान गरि यसको प्रचारप्रसार लाग्न र प्रवद्र्धन गर्नका लागि सरोकारवालाले स्थानीय तहलाई आग्रह गरेका थिए ।
जिल्लाका सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीको सहभागीतामा प्यूठानको खंलगामा भएको कार्यक्रममा भ्रमण वर्ष मनाउने कार्यक्रमको अन्तरकृयाबाट शुभारम्भ गरिएको छ ।
प्युठानमा दर्जन वढी पर्यटकीय क्षेत्रहरु
जिल्लामा दर्जनभन्दा वढी पर्यटकीय क्षेत्रहरु छन् । पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्धारी, भित्रीकोट, झिमरुक नदीको उद्गम स्थल गौमुखी, झिमरुक र माडी नदीको संगम स्थल स्वर्गद्धारी , नौवहिनीको कोठेभिर , नौवहिनी, मल्लरानी, झिमरुकको रकगार्डेन, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झिमरुक फाँट, संगै विभिन्न पर्यटकीय क्षेत्रहरु जिल्लामा अवस्थित छन् ।
५ नं. प्रदेश सरकारले सन् २०२० लाई लुम्बीनी भ्रमण वर्षको रुपमा मनाउने गरी कार्यक्रम शुभारम्भ गरेको पाँच नम्बर प्रदेशका सांसद कृष्णध्वज खड्काले बताउनुभयो । नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको हुँदा जिल्ला जिल्लामा भ्रमण वर्ष मनाउन बिभिन्न कार्यक्रमको तयारी भइरहेको कुरा उहाँले बताउनुभयो । पाँच नम्बर प्रदेशको प्यूठानको स्वर्गद्धारीलाई मुख्य गन्तव्य र पर्यटनको क्षेत्र चिनाउन यसलाई केन्द्रमा राखेर भ्रमण वर्ष अगाडी बढाउनु पर्ने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !