आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

तोरण अटोमुवाईल्स प्रा.ली .मा आगलागि , ३७ लाख भन्दा वढी क्षती


सागर रिजाल
प्युठान,२६ बैशाख ।
प्युठान नगरपालिका वडा नंम्बर ७ टिकुरी बसपार्क नजिक रहेको तोरण अटोमुवाईल्स प्रा.ली .मा आगलागी भएको छ । बुधवार राती करिब ८ः ३० बजेको समयमा प्युठान नगरपालिका वडा नं ३ का चन्द्रमान श्रेष्ठले सञ्चालनमा ल्याएको प्रा.ली.मा आगलागी भएको अस्थायी प्रहरी पोष्ट बाग्दुलाले जानकारी दिएको छ । प्रालीमा आगो कसैले लगाईदिएको हुन सक्ने आशंका स्थानियले गरेका छन् । स्थानियका बताए अनुसार आगो चारैतिरबाट बाहिर लागेकोले कसैले लगाएको हुन सक्ने आसंका गरिएको सञ्चालक चन्द्रमान श्रेष्ठले जानकारी दिए । आगो कसरी लागेको र कसले लगाएको अनुसन्धान भईरहेको अस्थायी प्रहरी पोष्ट बाग्दुलाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन खत्रीले जानकारी दिए । आगो प्रहरी, स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।
आगलागी हुँदा ३७ लाख भन्दा वढीको क्षती
प्रालीका सञ्चालक श्रेष्ठले प्युठा नगरपालिका ४ जुम्रीमा सञ्चालनमा ल्याएको व्यवसाय शाखाको रुपमा ५ महिना पहिले देखि टिप्परलाई मध्यनजर गर्दै टिकुरीमा सञ्चालन गरेको बताए । आगलागी हुँदा सञ्चालनका ल्याएको टहरो,मोविल, गियर, ग्रिज लगाएत गाडी मर्मतका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको सञ्चालक श्रेष्ठले बताए । आगलागीमा ३७ लाख सात सय ५० बराबरको सामाग्री नष्ट भएको प्रहरी सहायक निरिक्षक खत्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top