आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

नियम विपरित सञ्चालनमा आएको मेडिकलमा सिलबन्दी 


 

प्युठान ।

सरुमारानी गाउँपालिका वडा नंम्बर ५ मा नियम विपरित  सञ्चालनमा आएकोे बंगाली मेडिकलमा सिलबन्दी गरिएको छ। बुधबार सरुमारानी गाउँपालिकाले गरेको अनुगमनका क्रममा औषधि पसल स्विकृति नभई  सञ्चालन गरिएको र म्याद नाघेका औषधि बिक्री गरेको भेटेपछि शिलबन्दी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले जानकारी दिए ।

भारतीय नागरिक शंकर लस्करले मेडिकल नियम विपरित सञ्चालन गरेको र  र म्याद नाघेका औषधिसमेत राखेको पाईएको प्रमुख प्रशासकीय अधिकृत  ओलीले बताए । यस  अघि औषधि पसल संचालक  लस्करलाई ७ दिनभित्र आवश्यक कागजपत्र लिई कार्यालयमा आउन निर्देशन दिईएको भएपनि गाउपालिकाको निर्देशन अटेरी गरेपछी बजार अनुगमन निर्देशीका २०७५ दफा १४ को क बमोजिम औषधीपसलमा शिलबन्दी गरेको ओलि बताउछन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो लापरबाही गर्न नहुने उनले तर्क दिए ।

त्यस्तै विद्यालय समयमा मदिरा सेवन गर्ने शिक्षक तेजबहादुर उलुङगेलाई पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै गाउँपालिकामा उपस्थित गराइने भएको छ। दैनिक मदिरा सेवन गरी विद्यालय जाने पाइएपछि शुक्रबारसम्म गाउँपालिकामा हाजिर गराउने भएको गाउँपालिकाले जनाएको छ। शिक्षक उलुङले स्थानीय भवनेश्वरी आधारभूत विद्यालयमा अनुदान कोटाबाट अध्यापन गराइरहेका थिए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top