
सागर रिजाल
प्युठान,२४ बैशाख ।
नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणी थापाले नेपालको विकास प्रक्रिया परम्परागत शैलीमा अगाडी वढेको बताउनुभएको छ । मंगलबार प्रेस चौतारी नेपाल र प्रेश सेन्टर नेपाल जिल्ला शाखा प्युठानको सयुक्त आयोजनामा जुम्रीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । तीन तहको सरकार बनिसकेपछि विकासलाई नयाँ रुप दिईन्छ भन्ने सोचिएपनि यसको परिवर्तन नभएको उहाँले उल्लेख गर्नुभयो । स्थायीत्व अवधारणा अन्र्तगत विकासको गतिलाई अगाडी वढाउन खोजिएपनि नीति निमार्ण प्रस्ट नहुँदा समस्या आएको बताउनुभयो । विकासका बजेट छुट्याउनृ शैलि पनि परम्परागत छ, उहाँले भन्नुभयो,–‘आधुनिक सहित दिर्घकालीन रुपमा बजेट छुट्याउनुपर्छ । ’ आगामी दिनमा नेकपाको बहुमतको सरकारले यसलाई सुर्धानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कम्युनिष्ट सरकारको देशलाई समृद्ध बनाउने नारा सहित अगाडी वढेको छ, उहाँले भन्नुभयो,–‘आर्थिक क्रान्तिसंगै अगाडी वढनुपर्छ । ’ सरकार निमार्णपछि पहिलो वर्ष संघियता कार्यान्वयन, नीति कानुन निमार्ण गरेको र अबका वर्षमा अरु कार्यहरुलाई अगाडी वढाउने उहाँले बताउनुभयो ।
प्रतिस्पर्धा गर्ने नेता नेकपामा आवश्यक
स्थायी कमिटि सदस्य थापाले नेकपामा सहकार्य गर्नका लागि प्रतिस्पर्धा गर्न सक्ने नेता आवश्यक पर्ने बताउनुभयो । प्रतिनिधि सभाको निर्वाचनमा प्युठानमा राजमोलाई संगै लिएर अगाडी वढेको पूर्व माओवादी र पूर्व एमालेले लिएका एजेण्डाको विरुद्धमा हिनेका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेकपाको पार्टीको नेतृत्व लिन नसक्ने बताउनुभयो । चुनावमा मिल्ने बेला नेकपामै मिसीन्छौ भनेर एलाईन्स गर्यौ, थापाले भन्नुभयो,–‘अहिले उहाँले एलाईन्सलाई भूलि अगाडी वढनुभएको छ, युसमा हाम्रो पार्टीलाई असर परेको छ । ’
नेकपामा चार सय वढी प्रवेश
पार्टीका स्थायी कमिटी सदस्य थापा केहि दिन पहिले प्युठान आउनुभएको थियो । यहि अवसरमा उनी जिल्लाका विभिन्न स्थानमा पार्टीका कार्यक्रममा पुग्नुभएको थियो । उहाँले स्वर्गद्धारी नगरपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र प्युठान नगरपालिकामा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले सम्बोधन गरेको कार्यक्रममा राजमो र नेपाली काग्रेस पार्टी छोडी चार सय ८ जना नेकपामा प्रवेश गरेको पार्टी स्थायी कमिटि सदस्य थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !