आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा ढुङ्गाले चापेर एक जनाको मृत्यु एक घाईते


सागर रिजाल
प्युठान,१९ बैशाख
स्वर्गद्धारी नगरपालिका–२ स्वर्गद्धारी आश्रम नजिकै पोखरी बनाउनका लागि ढुङगा निकाल्ने क्रममा ढुङगाले चापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनिल स्मृति गाउँपालिका वडा नंम्बर ३ मिजिङका अन्दाजी २२ वर्षिय रेग बहादुर विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिनुभयो ।
त्यस्तै उक्त घटनामै परि सुनिलस्मृति गाउँपालिका–३ मिजिङकै अन्दाजी २० वर्षिय केशर विष्ट घाईते भएको वुढाथोकीले जानकारी दिनुभयो । घट्ना विहिवार साझ ५ ः ३० बजे घटेको थियो । मृतकका परिवार घट्नास्थलमा आईसकेको प्रहरीले जनाएको छ । घाईते विष्टलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिग्री लगिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top