
सागर रिजाल
प्युठान, १० बैशाख ।
प्युठानमा पेट्रोलको अभाव छ । पम्प भएपनि पम्प व्यवसायीहरुले समयमै पेट्रोल नल्याईदिदा अभाव भएको हो । राज्यको स्वीकृत लिएर झिमरुक, जीवनदान, पौडेल, स्वर्गद्धारी, शरिता, योगी नामका ६ वटा पेट्रोलपम्प सञ्चालनमा छन् । यी मध्य झिमरुक आयल सप्लायर्स, जीवनदान आयल प्युठान नगरपालिकाको पुण्यखोलामा सञ्चालित पम्पमा पेट्रोलको अभाव छ । झिमरुकमा एक हप्ता अघि देखि पेट्रोल छैन् भने जीवनदानमा तीन देखी पेट्रोल छैन् । जिल्लाकै बजार क्षेत्र प्युठान नगरपालिका हो । यस क्षेत्रमा मानिसको आवतजावत वढी हुन्छ । यस क्षेत्रमै रहेका दुई वटा पम्पमा पेट्रोल नहुँदा आम उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा पटक पटक यस विषयमा छलफल गरिएपनि जिल्ला प्रशासन र स्थानिय सरकारले अनुगमन नगर्दा पेट्रोल अभाव भएको उपभोक्ताहरु बताउछन् ।
अनुमति लिएपनि बेच्दैनन व्यवसायी
पम्प व्यवसायीहरुले डिजेल र पेट्रोल बेच्ने अनुमति लिएका छन् । डिजेलको सहज आपूर्ति भएपनि पेट्रोलको सहज आपूर्ती भएको छैन् । पेट्रोलियम पदार्थ संवेदनशिल पदार्थ हो । यो अरु समानको तुुलनामा ल्याउन नहुँने अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य विनोद भण्डारीले बताए । नाकाबन्दी र डिपोले नदिदा पेट्रोल नल्याउनु स्वभावीक कुरा हो तर डिजल आईरहदा पेट्रोल नआउन जिल्लाका निम्ती लाजमर्दो कुरा रहेको उनले बताए । दुबैको अनुमति लिएर पम्प सञ्चालनमा ल्याएपछि दुबैको सहज आपूर्ति तर्फ जागरुप हुनुपर्ने उनले बताए । उनले भने,–‘जिम्मा लिएर पम्प सञ्चालन नगर्ने हो भने लाईसेन्स खारेजी गर्न व्यवसायी मन्जुर हुनुपर्छ । ’ पेट्रोल लिएपछि नाफा हुँदेन भनेर पेट्रोल नल्याउनु व्यवसायीको चरम लापरवाही भएको उनको भनाई छ । उनले भने,–‘व्यवसायीको लापरवाहीले आमउपभोक्ताहरु मारमा परेका छन् । ’
पेट्रोलियम पदार्थको सहजताको निम्ती अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी संग यो भन्दा पहिले छलफल गरेको उनले जानकारी दिए । छलफल पछि केहि समय पम्पमा तेल आएपनि पछिल्लो समय आउन छाडेको उनले बताए । यी यस्ता उदारणले प्रशासनले फेल खाएको उनले बताए । जिल्लामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका निम्ती जिल्ला प्रशासनले अनुगमनको पाटोलाई अगाडी वढाउनुपर्ने बताए । उनले भने,–‘अनेरास्ववीयूले प्रशासनले गरेको कामको अनुगमन गर्ने छ । ’
गाउँमा पाईन्छ पेट्रोल
जिल्लामा केहिदिन विराएर पेट्रोल आउँछ । आएको पेट्रोल १÷२ दिन भन्दा वढी पम्पमा रहदैन् । गाउँका उपभोक्ताले टाढा बाट आएको भन्दै ड्रम र जरकिनमा पेट्रोल लान्छन् । गाउँमा उपभोक्ताहरुले लिटरमा १०÷१५ रुपिँया वढी भनेर बेच्ने गर्दछन् । व्यवसायीले यसरी तेल दिन नहुने उपभोक्ताहरु बताउछन् ।
तीन दिन अघि पेट्रोल सकिएको हो जीवनदान आयलका सञ्चालक भेषबहादुर ढकालले भने,–‘पैसा पठाएको छु अझै आएको छैन् । ’ हिजो पठाईदिन्छु भनेपनि निगमलाई फोन गर्दा तेल नभएर पठाउन नसकेको जवाफ दिएको उनले बताए । उनले भने,–‘कहिले प्रक्रिया मिलेन भनेर तेल पठाउन्न त कहिले तेल छैन भन्छन् । ’ १÷२ दिनमा निगमले तेल पढाउछकी उनले भने ।
त्यस्तै झिमरुक आयल सप्लायर्सका सञ्चालक जुमान जिसीले एक हप्ता अघिदेखी पम्पमा तेल नभएको जानकारी दिए । तुलनात्मक रुपमा पहिले भन्दा तेल कम लिएको छु, उनले भने,–‘आर्थिक संकटमा परेर तेल कम लिएको हो । ’
सहज आपूर्तिका गराउन छलफल
जिल्ला प्रशासन कार्यालय प्युठानले पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउन जिल्लाका आयल निगमका सञ्चालक संग केहि समय पहिले छलफल गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए । छलफलमा व्यवसायीहरु सहज आपूर्ति गराउन प्रतिवद्ध भएको उनले बताए । नगरपालिकामा रहेका दुई वटा आयम निमम व्यवसायीले एकैपटक नल्याउदा यो समस्या भएको उनले बताए । प्रशासनले हप्ता ÷दश दिनमा निगमको अनुगमन गरेको समेत उनले जानकारी गराए । नेपाल आयल निगम नेपालगञ्जमा सम्पर्क गर्दा पैसा नपठाएर पेट्रोल पठाउन नसकिएको बताएको उनी बताउछन् । जिल्लामा पेट्रेलियम पदार्थको सहज आपूर्तिमा फेरि छलफल चलाउने बताए ।
कमेन्ट गर्नुहोस !