आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

विद्युतीय कारोवार ऐनको दफा खारेजीको माग गर्दै प्यूठानका पत्रकारहरु धर्नामा


 

राधिका भुसाल

 बिहिबार, बैशाख ५, २०७६

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै प्यूठानका पत्रकारहरु धर्ना बसेका छन । बिहिवार विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म एक घण्टा जिल्ला प्रशासन कार्यालय खलंगा अगाडी धर्ना बसेका हुन ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आव्हानमा धर्ना कार्यक्रम गरिएको प्यूठान शाखाका सचिव विजयसिंह भारतीले बताए । ‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ बुँदा लगाएर पत्रकारलाई कारवाही गर्न पाइदैन’ ,आफुहरुको माग बारे सुनाउँदै उनले भने, ‘पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाईको माग गर्दछौं ।’

पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको विरोध व्यानर सहित जिल्लाका क्रियाशिल पत्रकारहरु धर्ना बसेका छन ।

यस्तो छ दफा ४७ र ४८

विद्युतीय कारोबार ऐन दफा ४७ः

(१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय, सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएको, सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने, वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमात्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।

विद्युतीय कारोवार ऐन दफा ४८:

गोपनीयता भङ्ग गर्ने ः यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु वा प्रचलित कानूनमा अन्यथाव्यवस्था भएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुअन्तर्गत प्रदान गरिएकोकुनै अधिकार बमोजिम कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वाअन्य सामग्रीहरुमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख,किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवैसजाय हुने कुरा राखिएको छ ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top