आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

साँझपरेपछि गौमुखीको अर्खा संम्पर्कबिहिन


प्यार अलि खाँन,प्युठान। 

प्रकृतिले साथ दिएको उत्तरी प्युठानको गौमुखी क्षेत्र भौतिक पुर्वाधार विकासले ठगिएको छ। भौगोलिक बिकटता त छदै छ अझँ त्यसमाथि पनि साँझपरेपछि गौमुखी अर्खा क्षेत्रमा मोबाइलको नेटवर्क हुँदैन जस्का कारण पुरा गाँउ संम्पर्कबिहिन नै हुन्छ यो स्थानीयबासीहरुको नियती बनेको छ । नेपाल सरकारले विद्युत बेच्ने कुरा गरिरहँदा भने गाँउमा हालसम्म प्राधिकरणको विजुली गाँउलेहरुले कस्तो हुन्छ अनुभव गर्न पाएका छैनन् । विधुत् विस्तार नभएका कारण दुर्गममा रहेको बिटिएस टावरमार्फत हुने सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छ।
गौमुखी गाँउपालिका वडा नं. १ र वडा नं. २ को ठुलाचौरको केही भुभागबाहेक वाँकी सबै ठाँउमा रातभर संचार हुँदैन । गौमुखीको वडा नं.३ स्थित बस्तुकमा रहेको टेलिकमको टावरलाई सोलार प्यानलको ब्याट्री मार्फत संचालन गरिएको छ । विद्युत नभएकै कारण सेवा प्रभावकारी नभएको वडा न. १ का अध्यक्ष मान बहादुर थापाले बताए । ‘घाम झुल्केपछि नेटवर्क आउन सुरु गर्छ ।’ थापाले भने, ‘रातभर र विहान फोनको काम छैन् ।’ रात्रीकालिन समयमा समस्या परे संचार गर्न निकै सास्ती हुदैँ आएको थापाले सुनाए ।
वडा नं. २ को हालत पनि उस्तै छ । ठूलाचौरमा तुसाराको नेटवर्कले केही काम गरेको वडा अध्यक्ष डोरबहादुर रानाले बताए । ‘केही आंसिक ठाँउमा मात्र काम गर्छ टावरले ।’ रानाले भने, ‘वाकी सबै ठाँउमा साँझपख मोबाइल नेटवर्क हुँदैन ।’ गौमुखी मिडिया सम्मेलनमा मन्त्रीको ध्यानाकर्षण गराईएको रानाले बताए ।’पहुँचवालाले भनेपछि टावरमा मर्मत हुने गाउँलेहरुले भन्दा नहुने यस्तो पनि हुन्छ’ अध्यक्ष राना भन्छन।
केही समय अघि परेको चट्टयाङ्गका कारण समस्या आएको र अहिले मर्मत गरिसकिएको नेपाल दुरसंचार संस्थान प्यूठान शाखाका प्रमुख कृष्णकुमार श्रेष्ठले बताए । ‘ब्याट्री फुलचार्ज हुन दुई–तिन दिन लाग्छ, हेरौँ समस्या हट्छ की ।’ श्रेष्ठले भने, ‘सौर्यप्रकासमा सोलार प्यालन भर पर्नेहुँदा समस्या दोहोरीरहन्छ ।’
कक्षा १० मा अध्ययनरत गौमुखी गाउपालिका वडा नं. २ का रुम बहादुर रानाले टावर प्रभावकारी नहुँदा एक ठाउबाट अर्को ठाउमा सुचना पाउन र पठाउन समस्या हुनुका साथै इम्टरनेट चलाउन निकै अप्ठ्यारो भएको गुनासो गरे। ठुलाबेशीमा कक्षा ११ मा अध्यनरत गौमुखी – १ की छात्रा झरना थापाले गाँउघरमा आउँदा सामाजिक संजाल प्रयोग गर्न नपाएको र विकसित प्रविधिको प्रयोग गर्न नपाएको दुखेसो पोखिन। उनले भनिन’इन्टरनेटको त कुरै छाडौ, घाम लागेन भने फोन समेत गर्न पाइँदैन।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top