
प्युठान,३ बैशाख ।
ढलनिकास नहुँदा म्ांगलबार दिउसो परेको भिषण वर्षाले स्वर्गद्धारी नगरपालिका–४ भिग्री देखी जेमुरपाटाका बस्तीहरु प्रभावित भएका छन् । वर्षाले डिभिजन कार्यालय भिग्रीको प्राङगणमा राखिएका खएर, ईपीलिपी लगाएतका प्रजातीका बेर्नाहरु डुबानमा परेका छन् । वन कार्यालयका रेन्जर हेमराज शाहीले ३०÷४० हजार पर्ने विरुवाहरु डुबान परेको बताए । उनले भने,–‘विरुवाहरु हिलोले पुरेको छ, अब त्यो खेर जान्छ । ’ यसका साथै डुबानले भिग्री क्षेत्रमा आवात जावत गर्न समेत समस्या परेको हाम्रा भिग्रीस्थित सहकर्मी पदम केसीले जानकारी दिए ।
ढलनिकास नहुँदा यो क्षेत्रका बासीन्दाहरु बर्षेनी यो समस्या खेप्नुपरेको छ । सम्बन्धित पक्षले पटक पटक यस्ता समस्या दोहोरिरहदा पनि यसको व्यवस्थापनमा चासो नदिएको स्थानियको गुनासो छ ।
कमेन्ट गर्नुहोस !