आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

झिमरुक रकगार्डेनको डिटेल प्रोजेक्ट रिपोर्ट(डिपीआर)तयार हुँदै


बासुदेब गिरी,

प्युठान ।
झिमरुक गाउँपालिका ५ ढाड स्थित रहेको झिमरुक रकगार्डेनको डिटेल प्रोजेक्ट रिपोर्ट९म्एच्०अन्तिम अबस्थामा पुगेको छ ।
प्राविधिक रुपमा आयोजनालाई कस्तो बनाउने भनेर निर्माण पुर्ब तयार गरीने आर्थिक, भौतिक, सामाजिक,लगाएका सबै बिषय डिटेल प्रोजेक्ट रिपोर्ट समाबेश गरिएको हुने गाउपालिकाले जानकारी दिएको छ ।
यसै आर्थिक वर्षमा २० लाख रकम रकगार्डेन डिपिआरको लागि रकम बिजियोज गरिएको झिमरुक गाउँपालिकाका सूचना अधिकारी निम प्रसाद भण्डारीले जानकारी दिए ।
पर्यटन मन्त्रालयले नेपाल भर एक सय पर्यटन गन्तव्य घोषण संगै प्युठान जिल्लामा एतिहासिक धार्मिक स्थलको रुपमा परिचीत स्वर्गद्वारी नगरपालिका अन्तगत पर्ने स्वर्गद्वारी आश्रय र झिमरुक गाउँपालिक ५ स्थित झिमरुक रकगार्डेन परे सगै डिपिआर तयार गरि काम थाल्ने गाउपालिकाका अध्यक्ष तिलक जिसीले बताए ।


डिपिआरमा आउटडोर र इनडोर गरेर दुई भागमामा बिभाजन गरिएको छ । रकगार्डेनको आउटडोरमा सौचालय,पार्किङ,टिकट काउन्टर,परामर्श कक्ष,लगाएतका संरचना निर्माण हुनेछन भने इनडोर भित्र विभिन्न आरम कक्ष जस्लाइ ढुङ्गा कुदेर तयार गरेको प्रतीक्षालय,नेपालमा पाइने सबै प्रकारका अध्यानको लागि ढुङ्गाको मिनि रकगार्डेन हुनेछ, साना नानिबाबुहरुको लागि भुलभुलाट प्रकारको चिल्ड्रेन पार्क, अत्याधुनिक प्रबिधि युक्त सभाहल भ्युटावर होटल र विभिन्न ढुङ्गाको आकृती सहितको देशकै नमुना रकगार्डेन हुने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top