आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा सहीदलाई सम्झन ‘स्मृति पार्क’


सागर रिजाल
प्युठान,२६चैत ।
प्युठानमा शहीदहरुको सम्झनामा स्मृति पार्क निमार्ण हुन लागेको छ । प्युठान नगरपालिका ४ गाजुरीमा पार्क निमार्ण गर्न थालिएको हो । पार्कको शनिवार ५ नंम्बर प्रदेशका आन्तरिक, मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले शिलन्यास गर्नुभएको छ । प्युठान उद्योग वाणिज्य संघ, डिभीजन वन कार्यालय प्युठान र सामुदायिक वनको सक्रियतामा पार्क निमार्ण कार्य थालनी भएको हो ।
विभिन समयमा प्राण आहुती गर्ने सहिदहरुको सम्झनामा पार्कको परिकल्पना गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो । विभिन्न जिल्लाको पार्कहरु अनुगमन गरेपछि प्युठानमा पार्कको डिपीआर भएको थियो । पार्कमा विभिन्न समयमा प्राण आहुती गर्ने शहीदका सालिक निमार्ण गरिने छ । बालबालिकाका लागि मनोरञ्जनात्मक सामाग्री समेत राखिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै पार्कमा पिकनिक स्र्पोट समेत रहने उहाँले बताउनुभयो ।
पार्कको शिलन्यासपछि औपचारिक कार्यक्रममा ५ नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले प्युठानमा नयाँ कामको शुरुवाती भएको बताउनुभयो । कम्युनिष्टको जन्मथलो प्युठान मानिन्छ, धेरै समयसम्म यस्ता नौला काम भएका थिएनन, मन्त्री केसीले भन्नुभयोे,–‘परिवर्तका क्षेत्रमा काम गर्दा आहुती दिएका शहीद लाई सम्झन पार्क निमार्ण गर्न लागेकोमा प्युठानबासीलाई धन्यवाद दिन चाहान्छु । ’
पार्कले प्युठान चिनाउने छ ः मन्त्री केसी
प्रदेश ५ मा स्वर्गद्धारीको जिल्ला भनेर चिनीने प्युठान अबका दिनमा स्मृति पार्क भनेरपनि चिनिने मन्त्री केसीले बताउनुभयो । प्युठानीलाई स्वर्गद्धारी पछि अर्को ईटाको रुपमा पार्क निमार्ण हुन लागेको उहाँले बताउनुभयो । पार्क निमार्ण गर्न ५÷१० वर्ष किन नलागोस, मन्त्री केसीले भन्नुभयो,–‘पर्यटक लोभ्याउने बहुउदेश्य पार्क बनाउनुस । ’ जिल्लाको गौरव, पहिचान बचाउन पार्कको महत्वपूर्ण स्थान रहनेछ । ’
मन्त्री केसीले प्रदेश भरिकै नमुना पार्क प्युठानमा बनाउन आग्रह गर्नुभएको छ । विजुवार आएपछि पार्क घुमेर जाउँ भन्ने बातावरण सिर्जना गराई आन्तरिक तथा बाहय पर्यटकहरुलाई घुमाउने थलो बनाउन उहाँले आग्रह गर्नुभयो । विकासको काम चलिरहन्छन्, जिल्लालाई चिनाउन सामाजिक काम समेत गर्नुपर्छ, उहाँले भन्नुभयो,–‘यी सामाजिक काममा सहयोग गर्न ५ नंम्बर प्रदेश सधै तपाईहरुको साथमा छ । ’

पार्कको डिपीआर भएको
शहीद स्मृति पार्कको डिपीआर गरिएको व्यवस्थापन समितिका सचिव झविन्द्र शर्माले बताउनुभयो । ८ विगा क्षेत्रफलमा पार्क फैलिने उहाँले बताउनुभयो । डिपीआर अनुसार पार्क निमार्णका लागि १४ करोड १४ लाख ८१ ह्जार ६ सय ३६ रुपिँया लाग्ने सचिव शर्माले जानकारी दिनुभयो । बहुवर्षिय योजना अनुसार काम शुरु गरिएको उहाँले बताउनुभयो । हाँल डिभीजन वन कार्यालय प्युठानको ५० लाख रुपिँया र उद्योग वाणिज्य संघ प्युठानको २० लाख रुपिँया गरि ८० लाख रुपिँया लागत रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,–‘वर्ष, वर्षमा थप्दै जाने योजना छ । ’
नगरपालिकामा ५ योजना डिपीआर हुँदै
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले नगरपालिका क्षेत्रमा पाँच वटा योजनाको डिपीआर गरिएको बताउनुभयो । नगरपालिकाले नगर समृद बनाउन यस्ता योजनाहरु अगाडी वढाएको नगरप्रमुखले बताउनुभयो । पर्यटकीय स्थल भित्रीकोट, शहीद पार्क ,खेलकुद मैदान, झिमरुक तटबन्ध र जुम्रीबसपार्क हुदै देउराली रोल्पा जोडने सड्कको डिपीआर गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस आर्थिक वर्ष भरिमा १२ वटा योजनाको डिपीआर गर्ने योजना नगरपालिकाले लिएको छ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top