आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा गौमुखी मिडिया सम्मेलन हुँदै


सागर रिजाल
प्युठान,२६ चैत ।
स्वर्गद्धारी पछिको जिल्लाकै दोस्रो ठुलो पर्यटकीय तीर्थस्थल गौमुखी हो । गौमुखीको बिशेषता कलाकौशल,भेषभुषा र संस्कृती हुन् । कृषि र पशुपालन यहाँको मुख्य पेशा हो । सरसफाईमा उत्कृष्ट्र गौमुखी क्षेत्र प्राकृतिक संस्कृती र राजनितिक अवलोकन अध्यन भम्रणको गतिलो गन्तव्य बनेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गौमुखिको पर्यटन प्रबर्द्धनका लागि गाउापालिकाले गत बर्ष दस लाख र यो बर्ष रु आठ लाख रुपियाँ बिनियोजन गरेको हो । ’
ओझेलमा गौमुखी
पछिल्लो समय धार्मिक तथा पर्यटकीय तीर्थस्थल गौमुखी ओझेलमा परेको छ । स्थानिय कला संस्कृतीसंग रम्न, पर्यटकीय स्थलकको अवलोकन गर्न यस स्थानमा पर्यटकहरु पुग्ने गर्दछन् । तर प्रयाप्त सेवा सुविधा नहुँदा पर्यटकहरु बस्नलाई अफ्ठेरो छ । राज्यको ध्यान नपुग्दा गौमुखीले पर्यटन भेटाउन नसकेको स्थानिय बताउछन् ।
ओखरकोटको रक गार्डेन,ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी,बाढिकोटको गढिकोट,पुजाँको तामाखानी,लिवाङको स्नाथान,दियाल्नाचौर,तुषाराकोट, गुफाहरु , रजवाराको मगर संस्कृती ,जातजातीको संगमस्थल गौमुखिका मुख्य आकर्षण मानिन्छन् । गौमुखी क्षेत्रको सौन्दर्यता जीवनशैली संस्कृती ऐतिहासिक कोटघर हिमशृङ्खलाका दृश्यहरु हेर्न यहाँ पर्यटकहरु पुग्ने गर्दछन् । गौमुखी मगरसमुदायहरुको बाहुल्यता वढी भएको ठाउँ हो । नागरिकको आर्थिक जीवनसंग सरोकार राख्ने गौमुखी क्षेत्रको कृषि पर्यटन उर्जा बन र उद्यमको बिकासमा लगानी भएको छैन् । योजनाबद्ध बिकासको अभावमा पर्यटकिय गन्तव्य गौमुखी क्षेत्र छायाँमा परेको छ । आन्तरिक तथा बाह्रय पर्यटनका लागि गौमुखी भौगोलिक बिकटताले ओझेलमा परेको हो ।
संरक्षणमा जुट्दै स्थानिय
गौमुखी क्षेत्रका साविकका दस वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न थालिए पनि यस क्षेत्रका सम्पदाको संरक्षण गर्न थालिएको गौमुखी गाउँपालिका –३ का वडा अध्यक्ष डोर बहादुर राना मगरले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ आधारभुत पुर्वाधार निर्माण, पर्यटन शिक्षा, होमस्टे संचालन, नयाँ गन्तव्यहरुको खोजी तथा पदमार्ग निर्माणका कामहरु भएका छन् । ’ उनका अनुसार गौमुखीको विकासका लागि पर्यटन कार्यालय भैरहवाले बजेट दिदै आएको छ । पर्यटन वोर्डले दिएको रकमबाट गौमुखी पुग्नको लागि फराकिला बाटो र रेलिङ निर्माण गरेको रानाले बताउनुभयो । दुर्गम अवस्थितीका कारण पर्यटकिय पुर्वाधारको अभाव रहेकाले यहाको पर्यटन प्रबद्धनका लागि राज्यले विशेष पहल गर्नुपर्ने उहाँको भनाई छ ।

पर्यटन, प्रर्वद्धन र प्रचारप्रसारका लागि सम्मेलन
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकोको सहकार्यमा गौमुखि क्षेत्रको पर्यटन, प्रर्वद्धन र प्रचारप्रशार गर्ने उदेश्यले मिडिया सम्मेलन हुने भएको छ । गौमुखि मिडिया सम्मेलनले गौमुखि क्षेत्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व उजागर गर्नुका साथै त्यस क्षेत्रको पर्यटन पर्वद्धनमा टेवा पुर्याउने अपेक्षा रहेको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरिले बताउनुभयो ।
देशैभरका पत्रकारहरु गौमुखि क्षेत्रमा ल्याएर वैशाख १ र २ गते अर्खामा भव्य कार्यक्रम गर्ने र त्यस क्षेत्रको देशैभरि प्रचार गर्ने योजना रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर राना मगरले बताउनुभयो । पर्यटनसंग सम्वद्ध सरोकारवालाहरु संग सहकार्य गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘गौमुखि क्षेत्रका मौलिक तथा स्थानिय संस्कृति र उत्पादनको प्रचारप्रशारमा जोड दिईने छ।’ मिडिया सम्मेलनको उद्घाटन गर्न ५ नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने महासंघका अध्यक्ष रानाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top