आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्वर्गद्वारीमा प्रविधि युक्त आधुनिक पार्क बनाइदै


झइन्द्र भण्डारी
प्यूठान ।

स्वर्गद्वारी नगरपालिका–४ भिंगृस्थित जिमुरपाटामा सूचना प्रविधियुक्त आधुनिक पार्क निर्माण कार्य सुरु गरिएको छ ।
नगरपालिकाले पार्क निर्माण गरिरहेको कार्य तिव्र गतितमा अगाडि बढाएको हो । पार्किभत्र सभाहल, सार्वजनिक शौचालय, टिकट काउन्टर, शिव मन्दिर, वजभोजस्थल, पर्यटकीय सूचना केन्द्र लगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । यसका लागि १८ करोड ८९ लाख ३१ हजार ८ सय ४ रुपैयाँ लागत अनुमान गरिएको छ ।
यहि आर्थिक वर्षदेखि सुरु भएको योजना बहुवर्षीय योजनाअन्तर्गत काम अगाडि बढिसकेको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले बताए । एक सय ४४ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने छ । यस वर्ष नगरपालिकाको ४५ लाख र प्रदेश सरकारबाट ४५ लाख रुपैयाँ यसमा खर्च गरिने मेयर रोकायले बताए ।
सुरुमा सभाहल निर्माण गरिने उनले बताए । १ करोड ८७ लाख ५९ हजार ८ सय ४० रुपैयाँ लागतमा २ सय ५० जना अट्ने सभाहल निर्माणका लागि ठेक्का आवहन गरिएको नगरपालिकाले जनाएको छ । यसैगरी नै अन्य संरचना क्रमशः निर्माण गर्दै जाने बताए । ‘चालु आर्थिक वर्षमा १ करोड रुपैयाँको काम हुनेछ,’ उनले भने, ‘क्रमागतरूपमा ३ वर्ष्भित्र आधुनिक पार्क बनिसक्ने चार नम्बर वडाका अध्यक्ष सुरेन्द्र हमालले बताए । यसले नगरपाकिलाको विकासमा योगदान र्पुयाउने अपेक्षा गरेका छौं ।’स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरेर पार्क निर्माण गर्न लागिएको उनले बताए । भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकलाई केही दिन यतै टिकाउने वातावरणका लागि योजना अघि बढाएको नगरपालिकाले जनाएको छ ।
पार्क निर्माण योजनामा जिल्लाका अन्य साझेदारी निकायले सहकार्य गर्न लागेको जनायो । डिभिजन वन कार्यालयले १० लाख रुपैयाँ खर्च गर्नेगरी फिल्ड निर्माणमा सहयोग गरेको नगरपालिकाले जानकारी दिएको छ । ‘स्वर्गद्वारी आउनेलाई लक्षित गरेर निर्माण भइरहेको पार्कमा सहकार्य गरेका छौं, “ भन्दै वडा अध्यक्ष हमालले स्वर्गद्वारी, नजिकका माडी नदी, रोल्पाको चर्तुभुज, नमुना सहर भिंगृ बजारलगायतका कारण पार्क उपयोगी हुने बताए ।
विभिन्न निकायसँगको समन्वयमा पार्क निर्माण हुन थालेपछि स्थानीय उत्साहित बनेको वडाध्यक्ष सूरेन्द्र हमालले बताए । ‘माडी किनारको सयौं रोपनी खेर गएको थियो,’ उनले भने, ‘त्यहीं पार्क बन्दै छ ।’ भिंगृ बजारका स्थानीय, स्वर्गद्वारी आउने पर्यटक, जिल्लाका अन्य स्थानका आन्तरिक पर्यटक पार्कमा घुम्न आउने उनले बताए ।
स्वर्गद्वारी नगरपालिकाको बिकास अनि समृद्धिमा यसले ठूलो भुमिका खेल्ने अपेक्षा जनप्रतिनिधिको छ । यो आधुनिक पार्कले स्वर्गद्वारी नगरपालिकाको मात्र नभइ सिङ्गो प्यूठानको पहिचान तथा प्रतिष्ठा बढाउने छ । केही स्थानीयको रोजगारसङ्गै मनोरञ्जन , वनभोज जस्ता कार्यक्रम लिएर बाहिर धाउनु नपर्ने हुनाले पनि यो पार्क सबैको लागि निकै उपयोगी हुने भन्दै यो योजनाले सिङ्गो नगरबासीलाई उत्साहित बनाएको स्थानीय प्रेम भुसालले बताए । उनले भने ,“ यो स्वर्गद्वारी धाम आउने पर्यटकहरूलाई पनि सन्तुष्टि दिन सक्ने नगरपालिकाको गौरवको विषय हो ।”

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top