आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

पशु बीमा सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न


सागर रिजाल
प्युठान,२४ चैत ।
पशु बीमा सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । ऐरावती गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिका भित्र रहेका कृषि सहकारी संस्था, व्यवसायिक किसान, जेटीजेटीए, सरोकारवालको उपस्थितीमा गोष्ठी कार्यक्रम गरिएको हो । पालिका क्षेत्रका २५ जना किसानहरु गेष्ठीमा उपस्थिती रहेको शाखा प्रमुख दामुदर आचार्यले जानकारी दिनुभयो । अभिमुखीकरण गोष्ठीमा उपस्थित किसानहरुलाई पशुबीमाको सुरुवात, यसका सबल दुर्बल पक्ष, बीमा गर्ने प्रक्रिया र फाईदा बेफाईदाका विषयमा जानकारी दिईएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘यो गोष्ठीबाट किसानहरुलाई पशु बीमामा सहयोग पुग्ने आश लिएको छ । ’


शाखा प्रमुख आचार्यको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा गोष्ठी कार्यक्रम भएको हो । गोष्ठीको सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बस्नेतले हामी किसानहरु सधैभरी झुत्राझाम्टे हुनेहैन, अब हामीले भब्यता खालको जीवन जीउन सिक्नुपर्ने बताउनुभयो । हामी मिडीयाको जजिक हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘मिडीया मार्फत कृषि अनुदानका कार्यक्रमका बारेमा थाहाँ पाउन सकिन्छ । ’ राज्यले कृषि पशु सेवा क्षेत्रमा केहि आकर्षक कार्यक्रमहरु ल्याईरहेको छ तरपनि कृषकहरुमा जागरण नआउनु दुखको कुरा भएको उहाँले बताउनुभयो । उहाँले भन्न्ुाभयो,–‘मेहनती किसानहरुलाई गाउँपालिका तहबाट प्रोत्साहन भत्ता दिने विषयमा छलफल चलाउँदै छौँ । ’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष बस्नेतले राष्ट्रको समृद्धिमा किसानको सबैभन्दा ठूलो हात रहने बताउनुभयो । किसान कानुन बनाउने छलफल पनि सुरु भईरहेको छ, उहाँले भन्नुभयो,–‘यो सबैभन्दा खुसीको कुरा हो । ’ हामी किसानहरु अन्नदाता हौँ, सबैका जीवनदाता हौँ उपाध्यक्ष बस्नेतले भन्नुभयो,–‘किसानहरु स्वाभिमान साथ जीउनुपर्छ,कृषिको उत्पादन बिना बाच्न सक्दैनौ । ’ हामीलाई चाहिएको कृषिमा उत्पादन वढाउने र मुलुकमा समृद्धि ल्याउने हो, बस्नेतले भन्नुभयो,–‘ कृषि पेशाबाट मान्छे बीमुख हुनुहुदैन् । ’ म एउटा गाउँपालिका उपाध्यक्ष मात्र नभएर समग्र किसान आन्दोलनमा लागिरहेको व्यक्ति हुनाले म किसानकै पक्षमा बोल्छु, किसानलाई माया गर्छु र किसानकै गुनासो सुन्ने बताउनुभयो ।अब किसानका लागि खर्च राज्यले बेहोर्नुपर्छ तबमात्र किसानहरु उत्साहित भएर कृषि क्षेत्रमा लाग्ने उहाँको तर्क छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top