
सागर रिजाल
प्युठान,१५ चैत ।
जिल्लाको ऐरावती गाउँपालिका –१ करदिप गाउँ नजिकै झिमरुक खोला बगेको छ । केहि समय अगाडी यस गाउँका स्थानियले झिमरुक खोलामा माछा मार्थे । गाउँलेको दैनिकि माछा मार्दैमा बित्थ्यो । बम, विषादी र करेन्ट लगाई बिनासकारी ढंगबाट माछा मारिन्थ्यो । बिधम्सकारी ढंगले माछा मार्ने भएकाले माछा लोप भएका थिए । तर माछा जोगाउनका लागि कोहि अग्रसर थिएनन् ।
यसै प्रक्रियालाई रोकी माछा संरक्षणका लागि मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र्रद्धारा सञ्चालित झिमरुक खोला जलाधार व्यवस्थापन परियोजनाले कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
परियोजनाले गत वर्षको असार २० गते घनबहादुर मुखीयाको अध्यक्षतामा २० सदस्यीय बांगेरह माझी समुहको स्थापना गरिदिएको थियो । माझी समुह स्थापना भएपश्चात यस क्षेत्रकमा स्थानियहरु माछा बचाउन थालेका हुन् । परियोजनाले समुहलाई क्षमता अभिवृद्धि तालिम, माछा संरक्षणका लागि समुह गठन लगाएतको काम गरेको परियोजनाका कार्यकारी प्रमुख बिजयकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,–‘परियोजनाले १ वर्ष सम्म गरेको कार्यपद्धती हेर्दा यस क्षेत्रमा माछा संरक्षण भएको छ । ’ यस ठाउँमा पहिलेका समयमा विधम्सकारी ढंगले माछा मारिएपनि यो परियोजना मार्फत सञ्चालित माझी समुहले माछा मार्न रोक लगाएको उनले बताए ।
माझी समुह संग छलफल
परियोजनाले शुक्रवार करदिप गाउँमा स्थापना भएको माझी समुहसंग छलफल कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, उपप्रमुख पदम थापा, गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, वडा अध्यक्ष, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका अध्यक्ष , परियोजनाका कार्यकारी प्रमुख , कर्मचारी लगाएतको उपस्थितीमा माझी समुह संग छलफल कार्यक्रम गरेको हो ।
माझी समुहले यस क्षेत्रमा माछा संरक्षण गर्दै आएको समुहका सचिव यज्ञ बहादुर आचार्यले बताए । परियोजनाले हामीलाई यसबारेमा धेरै कुरा सिकायो, उनले भने,–‘धेरै कुरा सिकेपछि माछा बचाउन अग्रसर भयौँ । ’ पछिल्लो समय छिमेकी जिल्ला अर्घाखाँचीबाट लुकीछिपी माछा मारेको थाँहा पाईएकाले यो कार्य रोक्न गाउँपालिकालाई समुहले आग्रह गरेको छ । यस क्षेत्रमा ४÷५ वटा रहमा माछा बचाउँदै आएको सचिव आचार्यले जानकारी गराए ।

सरकारसंग बैकल्पिक रोजगारीको व्यवस्था गरिदिन आग्रह
माछा मारेर जीविका चलाएका यस क्षेत्रका स्थानियहरुले माछा संरक्षणमा जुटेपछि रोजगारीका लागि गाउँपालिका संग माग गरेका छन् । मुडा बुन्ने तालिम, सिलाईकटाई, तथा यूवाहरु गाउँमै रोजगारी दिलाउनका लागि गाउँपालिकासंग यहाँका सथानियले माग गरेका हुन् ।
त्यस्तै माझी समुहका सदस्यहरुले गाउँपालिकासंग बैठक बस्नका लागि भवनको माग गरेका छन् । महिनाको एकपटक बैठक बस्छौ, समुहका सचिव आचार्यले भने,–‘बैठक बस्न भवन भईदिए हामीलाई सहज हुने थियो । ’
माछा संरक्षणका निम्ती गाउँपालिका सक्रिय
गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाएको छ । गएको असारबाट गाउँपालिकाले माछा मार्ने क्रमलाई रोक लगाएको गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले बताए । बम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकिन गएको उनले बताए । गाउँपालिकाको वडाबासीलाई समेत माछाको संरक्षणमा जुटन आग्रह गरेको छ । गाउँपालिकाको वडा नंम्बर नंम्बर १ र २ क्षेत्रभित्र माछाको संरक्षणका पानी परियोजनामार्फत सहयोगमा विधम्सकारी ढंगले माछा मार्ने क्रम रोकिएको बताए । त्यस्तै गाउँपालिका अध्यक्ष शाहले यस क्षेत्र नजीकमा अर्घाखाँचीका केहि भूभाग समेत समेटीने भएकाले यस क्षेत्रका बासिन्दालाई समेत माछा मार्ने क्रम रोक्नका लागि अर्घाखाँचीका स्थानिय तहसंग समन्वय गर्ने बताए ।
कमेन्ट गर्नुहोस !