आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्थानियको जनश्रमबाट सडक निमार्ण


सागर रिजाल
प्युठान
सड्क खन्दा डोजरको प्रयोग गरिन्छ तर प्युठान नगरपालिका –३ सेपुङ्गमा स्थानिय जनश्रमदानबाट सड्क स्तरउन्नती कार्य शुरु गरिएको छ । सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ। यो निर्णयपछि सेपुङ्गबासीले आफैंले सड्क स्तरउन्नतीको काम गरेका छन् । यहाँका स्थानीयहरुको जनताको माग र चाहानुअनुसार सड्क स्तरउन्नती कार्य शुरु गरिएको हो । यहाँका स्थानियहरुले स्वरोजगारीका लागि डोजर प्रयोग नगरि आफैले काम गर्छु भनेपछि काम गर्न लगाईएको वडा अध्यक्ष प्रेम हमालले बताउनुभयो । खाधचौर–डाडागाउँ–सेपुङ्ग हुदैँ रोल्पादेउराली जोडने सड्कको स्तरउन्नती गर्न लागिएको वडा अध्यक्ष हमालले बताउनुभयो ।
यो सड्क ८ वर्ष अघि खनिएपनि मर्मत नहुँदा स्थानियले सास्ती पाएका थिए । जहाँतहीँ डोजरले सडक खनिरहेका बेला यहाँका बासिन्दा भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक मर्मत गर्न व्यस्त छन् । गाउँका ३६ जना स्थानियहरुले सड्कमा काम गरेका छन् । गाउँका प्रायः सबै जना दिनहुँ सडक खन्न आएका आउछन् ।
गाउँलेको पहलमा गाउँमा मोटरबाटो स्तरउन्नती हुनुसंगै स्थानीयले ज्यालासमेत पाएका छन् । केहि काम नपाएर खाली बसेका थियौँ , स्थानिय ५० वर्षिय दुवा विकले भन्नुभयो,–‘खाली बसीरहेका थियौँ,वडा अध्यक्ष सरले बैठकमा सड्क मर्मत गर्ने कुरा सुनाउनुभयो, हामीले डोजरको सट्टा आमी आफै काम गर्छौ भनि माग ग¥यौँ , माग सुनुवाई भएपछि हामी आफै काम गरेका छौँ । ’ उहाँले बेरोजगारी वढी भएको गाउँमा आफैले श्रम गर्दा केहि आम्दानी हुने उहाँले बताउनुभयो ।
धेरै पहिले गाउँमा सड्क खनियो तर हाँल सम्म सुधार नहुँदा बर्खामा निकै समस्या थियो । उहाँले भन्नुभयो,–‘वडा कार्यालयले सड्क सुधार गरिदिदै छ खुसी छु । ’ श्रीमानले घरमा गाई बस्तुको हेरचाँह गर्नुभएको छ उहाँले भन्नुभयो,–‘घरको जिम्मा श्रीमानलाई लगाएर म काममा आएको छु । ’ गरम भनेपछि जे पनि गर्न सकिने उहाँले बताउनुभयो । गाउँको विकास संगै पैसा समेत कमाएको उहाँले बताउनुभयो ।
सेपुङ्ग गाउँका धेरै पुरुष रोजगारीका लागि खाडी मुलुकमा छन् । यहाँका महिलालाई जीविका चलाउन निकै कठिन थियो । यहाँका १२ जना पुरुष र २४ जना महिलाको उपस्थितीमा सड्क स्तरउन्नती कार्य अगाडी वढेको हेरालु खिमबहादुर कवरले बताउनुभयो ।
यहाँका स्थानियहरुले कोदालोले खन्नुसंगै साबेल र बेल्चा, गैटीले खनी बाटो सम्याउने काम समेत गरेका छन् । खाल्डाखुल्डी पुर्ने, बाटो सम्याउने, नाली खन्ने , चौडा बनाउने काम गरेको बाटो हेरालु कवरले बताउनुभयो । फागुन २० गतेदेखी काम शुरु गरिएको उनले बताए । ३ किलोमिटर सड्क स्तरउन्नती गर्न वडाले निर्देशन गरेको छ । उहाँले भन्नुभयो,–‘२ किलोमिटर सकियो अब केहि दिनमा सबै काम सक्छौँ । ’
यहाँका स्थानियहरुले गरेको श्रमदानको ज्याला पाउने भएका छन् । उनीहरुलाई वडा कार्यालयले ज्याला दिने वडा अध्यक्ष हमालले बताउनुभयो । श्रमदान गर्ने महिलाले प्रतिदिनको रु पाँच सय र पुरुषले ६ सय रुपिँया आम्दानी गर्ने हमालले बताउनुभयो । काम गरिसकेपछि रकम दिईने उहाँले बताउनुभयो ।
घरमा खाली बसिरहेको थिए, अगिल्लो वर्ष श्रीमानको मृत्यु भयो, ३ भाई छोराले पढछन् स्थानिय तुलसा कुवरले भन्नुभयो,–‘काम गर्नेले पैसा पाईन्छ भनेपछि खुसी भएर काममा आए । ’ गरिब छुँ यो पैसाले छोराछोरीलाई कापी,कलम, पुस्तक किनीदिन सहज हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
सड्क स्तरउन्नतीका लागि दुई लाख
श्रममुलक योजना बनाउँ , रोेजगार प्रवद्धन गरौ भन्ने मुल नाराका साथ ३ किलोमिटर सड्क स्तरउन्नतीका लागि वडा कार्यालयले दुई लाख रुपिँया विनियोजन गरेको वडा अध्यक्ष हमालले बताउनुभयो । काम सकिए लगत्तै कामदारले ज्याला पाउँने उहाँले बताउनुभयो । वडा कार्यालयले पहिलो उदारणिय काम गरेको उहाँ बताउनुहुन्छ । यो कामले यस क्षेत्रका स्थानियहरु खुसी भएको उहाँले सुनाउनुभयो। कार्यालयबाट अब हुने सड्क निमार्णका कार्य जनश्रमदानबाट गरिने उहाँको भनाई छ ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top