मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

सरुमारानीका दलितलाई सम्मान


सागर रिजाल
प्युठान,८चैत ।
समाजमा अझै पनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन् । दलित भएकै कारण मानिसले छुवाछुत, अपहेलना जस्ता विषयमा दुख झेल्नुपरेको छ । यस्ता घट्नालाई अन्त्य गने उदेश्यले सरुमारानी गाउँपालिकाले नयाँ अभियान स्वरुप ५४ औँ अन्र्तराष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसर पारि दलित लक्षित कार्यक्रम गरेको छ । सरुमारानी गाउँपालिकाको २ लाख रुपिँया सहयोगमा यो कार्यक्रम सम्पन्न गरेको हो ।
समाजमा अझैपनि दलितलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन नभएकोले यो कार्यक्रम गरिएको समितिका अध्यक्ष पुर्खबहादुर सुनारले बताए । उनले अनुसार दलितलाई कामका आधारमा गरिने विभेद, जातका आधारमा गरिने विभेद अन्त्य गरिने देश्यले कार्यक्रम गरेको बताए । गाउँपालिका क्षेत्रका दलीत र गैरदलितको उपस्थितीमा कार्यक्रम गरिएको उनले जानकारी गराए ।
दलित जाति अन्र्तगत पञ्चेबाजा सहितको नृत्यप्रस्तुती गरि कार्यक्रम गरिएको थियो । सामाजिक सदभाव, अन्र्तमुलन, सामाजिक सदभाव वृद्धि गर्ने ,बहिष्करणमा पारिएका समुदाय संगै गैर दलित समुदायका नागरिकलाई पनि चेतनाको कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । समाजमा जातिय विभेद अझै छ त्यसलाई अन्त्य गर्ने उदेश्यले जिल्लामै पहिलो र नयाँ कार्यक्रम गरेको उनले बताए । उनले भने,–‘यो कार्यपछि नागरिकको प्रवृति फेरिने विश्वास लिएको छु । ’
५ नंम्बर प्रदेशका सदस्य हरि रिजाल, संविधान सभा सदस्य धन बहादुर रायमाझी, नेपाल कम्युनिष्ट्र पार्टी प्रदेश सदस्य विजय विराज विष्ट ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकी, जिल्ला सरकारी वकील कार्यालयका प्रमुख शिव आचार्य लगाउतको उपस्थितीमा कार्यक्रम गरिएको हो ।
जातजाती बिचको विभेद अन्त्य हुनुपर्छ ः बक्ताहरु
कार्यक्रममा बोल्ने बक्ताहरुले वर्गीय रुपले समाजमा जातीका नाममा गरिने विभेदको अन्त्य हुनेपर्ने बताएका छन् । देशमा ४५ देखी ५० लाखको हाराहारीमा दलित समुदायको बसोबास छ । यीनीहरुलाई जातीको रुपमा विभेद गर्ने हो भने समाज विकासित हुन नसक्ने नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य विजयविराज विष्टले बताए । उनले भने,–‘देश परिवर्तन गर्न, नयाँ कानुन निमार्ण गर्न र कार्यान्वयन गर्न दलीतको सहयोग अपरिहार्य छ । ’ अझै पनि समाजमा दलीत प्रति अन्याय,अत्याचार गरिन्छ, उनले भने,–‘यसको अन्त्य गर्न हामी सबै एकजुट भएर लाग्नुपर्छ । ’
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले दलित प्रति कसैले विभेद नगरि सबै समान भएर अगाडी वढन आग्रह गरेका छन् ।
दलितलाई सम्मानैसम्मान
कार्यक्रममा गाउँपालिकामा बसोबास गर्ने दलीतलाई सम्मान गरिएको छ । प्रत्येक वडाका १÷१ जना गरि ६ जना दलित जेष्ठ नागरिक,९३ जना एकल दलित महिलालाई सम्मान गरिएको समितका अध्यक्ष सुनारले जानकारी दिए । उनीहरुलाई दोसल्ला, मच्छेडदानी दिएर सम्मान गरिएको थियो ।
पालिका भित्रका १२ पास गरि माथिल्लो कक्षामा प्रवेश गरेका ४० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रति विद्यार्थी नगद रु ३ सय रुपिँया दिएर सम्मान गरिएको थियो । ९३ जना एकल महिलालाई पनि सम्मान गरिएको हो ।उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्षले जानकारी दिए । पालिकाको नेतृत्व गरेका १० जना जनप्रतिनिधिलाईपनि सम्मान गरिएको समितिका अध्यक्ष सुनारले जानकारी गराए ।
त्यस्तै पालिका भित्र अन्र्तजातिय विवाह गरेका ६७ जना दम्पतीलाई पनि दोसल्ला, खादा ओडाएर सम्मान गरिएको हो ।
दलित कलाकारको उपस्थिती
कार्यक्रममा राष्ट्रिय तथा जिल्ला स्तरिय दलित कलाकारको समेत उपस्थिती थियो । दलित कलाकार झलक संगीतम, सविता परियार, राजबाबु नेपाली, राजकुमार टराली लगाएतका प्रस्तुती रहेको थियो । कलाकारले दलीत लक्षित प्रस्तुती राखेका थिए । उनीहरुले दलितलाई गरिने छुवाछुत, दमनका विषयमा गीत मार्फत प्रस्तुत गरेका हुन् । कार्यक्रममा दलितसंग सम्बन्धित कानुनी, संवैधानिक प्रावधानहरु कानुनी सल्लाहाकार यादव खनालले जानकारी गराएका थिए ।
गाउँपालिकाले दलित परिवार संगै कुसुण्डा, राउट, कुमाल, धामी, मगर, गुरुङ लगाएतका समुदाय लक्षित कार्यक्रम पनि गरिने बताए । मगर जातीको कार्यक्रम गरिसक्यौ र अरु कार्यक्रम गर्न बाकी रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top