आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

सरुमारानी गाउँपालिकामा दलित लक्षित कार्यक्रम


सागर रिजाल, हाम्रो एकता
प्युठान, दलित समुदायको शशक्तिकरण गर्ने उदेश्यले सरुमारानी गाउँपालिकाले दलित लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । दलित उत्थान समितिले यही चैत ७ गते कार्यक्रम गर्न लागेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । गैरदलित र दलित समुदायका स्थानियहरुलाई सहभागी बनाएर कार्यक्रम गरिने अध्यक्ष विश्वकर्माले बताए ।
समाजमा अझैपनि दलितलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन नभएकोले यो कार्यक्रम गर्न लागिएको उनले बताए । उनले भने,–‘दलित प्रति गरिने जातिय विभेद हटाउन यो कार्यक्रमले टेवा पु¥याउने छ । ’ कार्यक्रममा दलितसंग सम्बन्धित कानुनी, संवैधानिक प्रावधानहरु अधिवक्ता मार्फत प्रस्तुती गरिने अध्यक्ष विश्वकर्माले बताए । प्रदेश सभा सदस्य हरि रिजाल, संविधान सभा सदस्य धन बहादुर रायमाझी , गाउँपालिकाका जनप्रतिनिधि, र्काचारी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रहरी नायव निरिक्षक निर्मल वुढाथोकी, सरकारी वकील, सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सथानियबासीको उपस्थितीमा कार्यक्रम गरिने अध्यक्ष विश्वकर्माले बताए ।
कार्यक्रममा कलाकारको प्रस्तुती रहने
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए । दलित कलाकार झलक संगीतम, सविता परियार, राजबाबु नेपाली, राजकुमार टराली लगाएतका कलाकारको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै दलित जाति अन्र्तगत पञ्चेबाजा सहितको नृत्यप्रस्तुती गरिने समेत उनले बताए । सामाजिक सदभाव, अन्र्तमुलन, सामाजिक सदभाव वृद्धि गर्ने ,बहिष्करणमा पारिएका समुदाय संगै गैर दैलित समुदायका नागरिकलाई पनि चेतनाको कार्यक्रम गरिने गाउँपालिका अध्यक्षले बताए ।
समाजमा जातिय विभेद अझै छ त्यसलाई अन्त्य गर्ने उदेश्यले जिल्लामै पहिलो र नयाँ कार्यक्रम गरेको उनले बताए । उनले भने,–‘यो कार्यपछि नागरिकको प्रवृति फेरिने विश्वास लिएको छु । ’
दलितलाई सम्मानैसम्मान
कार्यक्रममा विभिन्न प्रकृतिका दलितलाई सम्मान गरिने छ । प्रत्येक वडाका १÷१ जना दलित र जेष्ठ नागरिक,एकल महिलालाई सम्मान गरिने अध्यक्ष विश्वकर्माले बताए । त्यस्तै अन्र्तजातिय विवाह गर्ने दलित, दलित समुदायबाट १२ कक्षा उर्तीण गरेका दलीतलाई प्रमाणपत्रले सम्मान गरिने छ । विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई पनि पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिए । दलितलाई हौसला प्रदान गर्न पुरुस्कार वितरण गरिएको समेत उनले बताए । दलित लक्षित कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख रुपिँया विनियोजन गरेको छ ।
त्यस्तै गाउँपालिकाले दलित परिवार संगै कुसुण्डा, राउट, कुमाल, धामी, मगर, गुरुङ लगाएतका समुदायका लागि पनि कार्यक्रम अगाडी वढाएको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए । उनले भने,–‘जाती विषेश केहि कार्यक्रम गरिसक्यौ भने केहि गर्नु बाकी छ ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top