
सागर रिजाल
प्युठान , प्रगतिशिल लेखक संघ प्युठानको पाँचौ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । प्रगतिशिल लेखक तथा साहित्यकारहरुको छाता संगठनको रुपमा रहेको यस संगठनले विगतझैँ प्रगतिशिल, अन्र्तगमन र प्ररिवर्तनकारी क्षेत्रमा जोड दिदैँ छापामाध्यमको तर्फबाट आवाजहरु बुलुन्द गर्दै आएको छ ।
संघका जिल्ला अध्यक्ष टोपारामा आचार्यको अध्यक्षता, प्रगतिशिल लेखक संघका केन्द्रिय उपाध्यक्ष तथा ५ नंम्बर प्रदेश सदस्य खेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्माले हामी लेखक साहित्यकारहरुले नै भाषा साहित्यको जर्गेना गर्न एउटा ठेकेदारको भूमिका खेल्नुपर्ने बताउनुभयो ।
पाँचौ अधिवेशनले लिला पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा अग्निधर चन्द बोहोरा, सचिव धु्रव गिरी, सहसचिव तिलक पन्थी, कोषाध्यक्ष बिमला खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रामप्रसाद पोख्रेल, अजित घर्तिमगर, राजकुमारी कुवर, गोपाल थापा, कल्पना खड्का र टंकबहादुर केसी चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष अग्निधर चन्द बोहोराले जानकारी दिनुभयो ।
त्यसैगरि ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा टोपाराम आचार्य, गेहराज थापा, मोहन गिरी, भेषमान गिरी र देबेन्द्र रिजाल हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष पुनले अब प्रलेसलाई नयाँ दिशाबाट थप उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !