आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

फुलबारीको स्थापना दिवसमा ‘सप्ताह कार्यक्रम’


राधिका भुसाल
प्यूठान । फुलबारी एकीकृत ग्रामीण विकास संस्था नेपालको २५ औं स्थापना दिवस तथा रतज जयन्ती कार्यक्रम एक हप्तासम्म चल्ने भएको छ ।
आज पत्रकार भेटघाटसंगै सुरु भएको कार्यक्रम क्रमशः जेष्ठ नागरिकलाई लुम्बिनी भ्रमण, प्यूठान अस्पतालमा विरामीलाई फलफुल वितरण तथा रक्तदान कार्यक्रम, एक दिवशीय जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगीता, जिल्ला स्तरीय लोक गीत प्रतियोगिता, खैरा गाउँ तथा संस्था परिसर सरसफाई कार्यक्रम र अन्तिम दिन अर्थात चैत्र ५ गते स्मारिका विमोचन, संस्थापक उपाध्यक्ष स्व.च्वयन प्रकाश पोख्रेलको सम्झनामा संस्थाको परिसरमा ताम्रपत्र स्थापना गर्ने तथा औपचारिक कार्यक्रम गर्ने संस्थाले पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो ।
वि.स. २०५० सालमा स्थानीय युवाहरुको सक्रियतामा भैलो खेली जम्मा गरेको २ हजार ५ सय लाई प्रारम्भिक पूजी मानी स्थापना गरिएको संस्थामा हाल २ रोपनी जग्गा सहित १ तालिम केन्द्र, २ वटा २ तले कार्यालय सञ्चालन र आवसिय भवन रहेको संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले जानकारी दिए ।
‘राम्रो कामको सुरुवात गाउँबाट पनि सम्भव छ’ भन्ने मुख्य नाराका साथ संस्थाले सप्ताह व्यापी कार्यक्रम गर्ने लागेको हो । वि.स. २०५४ सालमा महिला लमुहिट परियोजना संस्थाको पहिलो परियोजना भएको निर्वमान अध्यक्ष नेत्रमणी आचार्यले बताए । ‘सहकारी संस्था स्थापना गरी सदस्य बनाउदैं पनि बनाउदैं हिडेका थियो’ निवर्तमान अध्यक्ष आचार्यले भने–‘द्धन्द्धको बेला खानेपानी र आर्यआर्जनको लागि उज्यालो कार्यक्रम, जीवीको पार्जनका लागि वन कार्यक्रम, २०५७ सालमा कृषक पाठशाला लगायतका परियोजनाहरु जिल्ला सञ्चालन गरेका थियो ।’ सन् २००८ देखि २०१७ सम्म जिल्लाका २५१ विद्यालयहरुमा रुप टु रिड कार्यक्रम सञ्चालन गरेको बताउदै दिगो योजना, नमुना विद्यालय योजना जस्ता कार्यक्रमले प्यूठानी समुदायमा राम्रै प्रभाव पारेको समेत उनले बताए । अबको विकास साझेदारी र सहकार्यको विकास भएको हुंदा स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्ने आर्चाको भनाइ छ । जिल्लाका टुक्र्र सहकारीहरुलाई एकीकृत गरी नीति, विधि र प्रविधिलाई अपनाउदैं सिंगो जिल्लाको विकासमा लाग्नु पर्ने फुलवारी वचत तथा ऋण स.स.लि.का अध्यक्ष भोज ब. बस्नेतले बताए ।
संस्थामा हाल कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रर्वद्धन कार्यक्रम, सुशासन तथा जीविकोेपार्जन परियोजना, आइ.पि.एम. कृषक पाठशाला र इन म्याप्स परियोजना सञ्चालन भइरहेको संस्थाका नि. कार्यकारी निर्देशक शरद भण्डारीको प्रस्तुतमा उल्लेख छ । नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष टिकाराम पोख्रेलले गैर सरकारी संस्थालाई नेपाल सरकार र विदेशी दातृ निकायले समेत विभेत गरेको भन्दै प्यूठानमा गैर सरकारी संस्थाको भुमिका अतुलनिय रहेको बताए । संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निर्मला पोख्रेलले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top