आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

नेकपाको सरकारले नयाँ काम गर्न सकेन ः महामन्त्री कोईराला


सागर रिजाल
प्युठान, नेपाली कग्रेसका महामन्त्री शसांक कोईरालाले दुई तिहाईको नेपाल कम्युनिष्ट्र पार्टी ९नेकपा० को सरकारले नयाँ काम गर्न नसकेको बताएका छन् । मंगलबार प्रेस यूनियन जिल्ला शाखा प्युठानको आयोजनामा भएको पत्रकार सम्मेलन कार्यक्रममा महामन्त्री कोईरालाले दुई तिहाईको कम्युनिष्ट्रको सरकारले आफ्ना कार्यक्रमहरु प्रष्ट्र पार्न नसकेको बताए । उनले भने,–‘नेकपा सरकारले ठोस काम गर्न सकेन । ’ नेपाली कग्रेस सत्तामा हुँदा लिएका नीतिहरुलाई पालना गर्दै सरकार अगाडी वढेको उनले बताए । कग्रेस सरकारमा हँुदा सड्क निमार्ण, विश्वविद्यालय स्थापना, मेडिकल कलेज सुचारु , सञ्चार माध्यमको परिवर्तन गरेको उदाहरण दिएका थिए । अहिलेको सरकार अष्पट्र नीतिका साथ अगाडी वढनाले केहि उपलब्धी नभएको उनले बताए । हाँलको सरकारले पहिलेकै कामलाई निरन्तरता मात्र दिएको छ । उनले भने,–‘नयाँ कामका साथ अगाडी वढन जरुरी छ । ’
पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोईरालाले एक वर्ष भन्दा वढीको नेकपाको सरकारको कामको मुल्याकन गर्दा ठोस काम गरेको नदेखिएको बताए । उनले भने,–‘राष्ट्र समृद्ध बनाउने नारा अगाडी वढाएको सरकारले काम नगर्दा नारा सार्थक नहुने पो होकीरु ।’
पार्टी भित्रको तिक्दताले कग्रेस हा¥यो ः महामन्त्री
महामन्त्री कोईरालाले एमाले र माओवादी जस्ता ठूला पार्टीले कगे्रस नहारेको बताए ।उनले भने,–‘कग्रेस पार्टी भित्रकै तिग्दताले हार खान परेको हो । ’ नेपाली कग्रेस पार्टीलाई एक बनाएर अगाडी वढने भनेपनि गुठ उपगुठ सिर्जना हुँदा आफुले हार खान परेको बताए । अब पार्टीको महाधिवेशन गर्न लागेको उनले बताए । उनले भने,–‘महाधिवेशन पछि पार्टी कार्यकर्ता एक ढिंक्का भएर अगाडी वढनेछ । ’
कग्रेस पार्टी जुन तरिकाले अगाडी वढने भनिएपनि वढन नसकेको उनले बताए । विद्यार्थीको हदबन्दीले गर्दा समेत पार्टीलाई अगाडी वढन अफ्ठेरो परेको उनले बताए । उनले भने,–‘आफ्नो नीति अनुसार पार्टी अगाडी वढाउनु मेरो जिम्मेवारी हो । ’ आफ्नो पार्टी प्रतिपक्षमा भएपनि सकारात्मक भूमिका खेलेको उनले बताए । उनले भने,–‘बन्द, तोडफोड,आगजनी गर्ने कग्रेसको चरित्र हैन् । ’ आपसी मेलमिलाप नहुँदा समेत पार्टी पछि परेको उनले जिकिर गरे ।
आउँदो महाधिवेशनले कग्रेस सुध्रन्छ
महाधिवेशन पछि नेपाली कगे्रस सुध्रने महामन्त्री कोईरालाले बताएका छन् । शेर बहादुर देउवाले कग्रेसलाई एकढिक्का बनाउन नसकेको उनले बताए । उनले भने,–‘नेतृत्व परिवर्तन पछि कग्रेस पनि सुध्रन्छ । ’
अबको नेतृत्व कसले पाउँछ भन्ने प्रश्नमा शेर बहादुर देउवालाई जसले हराउन सक्छ उही नेताले पार्टीको नेतृत्व पाउँने जवाफ दिएका थिए । अहिले महामन्त्री भएका कोईरालाले आफुले पनि नेतृत्व लिन सक्ने बताए ।
महामन्त्री कोईराला नेपाली कगे्रस प्युठानले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा प्युठान आएका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top