सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

आंशिक शिक्षकहरुको हटताल, पठनपाठन अवरुद्ध


सागर रिजाल
प्युठान, स्वर्गद्धारी बहुमुखी क्याम्पसमा दुइ दिन देखी पठन पाठन अवरुद्ध भएको छ । क्याम्पसमा अध्यापन गराईरहेका आशिंक प्रध्यापकहरुकालागि पारिश्रमिक तथा पेशागत सुरक्षाका विषयमा कुनै सुनुवाई क्याम्पसले नगरेको भन्दै पठन पाठन अवरुद्ध पारेको प्रध्यापकहरु बताउछन ।
८महिनादेखि तलब पाएनन् प्रध्यापकहरुले
क्याम्पसमा अध्यापन गराउदैँ आएका प्रध्यापकहरुले विगत आठ महिना देखी तलव पाएका छैनन् । यहाँका १२ जना आंशिक प्रध्यापकहरुले तलब नपाएका हुन् । क्याम्पसले प्रध्यापकहरुका लागि दिनु पर्ने सेवा सुविधा समेत कुनै नदिएको उनिहरुको आरोप छ । साथै प्रध्यापकहरुले आफ्ना मागका बारेमा औपचारिक निर्णय नभए सम्म पठन पाठन सुचारु हुन नसक्ने भनि क्याम्पस प्रमुखलाई ध्यानआकर्षण गराएका छन ।
माग सम्बोधनका लागि भोली समितिलाई बोलाएको छु ः क्याम्पस प्रमुख
आशिंक प्रध्यापकहरुलाई तपाईहरुको माग समितिमा लगि समाधान गर्ने भने पनि नमानेको क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्काले बताए । समस्या समाधानका लागि बुधवार समितिको छलफल राखिएको उनले बताए । नियमित भन्दा आंशिक प्रध्यापक बढी भएकाले पठन पाठनमा समस्या आएको उनले बताए । क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकाले आंशिक संगै नियमित प्रध्यापकहरुले पनि तलव नपाएको उनले गुनासो पोखे । २ दिन सम्म क्याम्पसमा पढाई नहुँदा विद्यार्थिहरु मारमा परेको विद्यार्थीहरु मारमा परेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top