आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्यूठानमा चट्याङ लागेर २ जनाको मृत्यू ३ घाइते


प्यूठान । केही दिन यता लगातारको वर्षासंगै गयराती चट्याङ लागेर प्यूठानमा २ जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।
नौ बहिनी गाउँपालिका १ स्याउलिवाङको खारखोला स्थित नेपाली सेनामा कार्यरत करिब २४ वर्षका मनोज गुरुङ र वर्ष २५ की नौमति घर्तीको घटनास्थलमै मृत्यु भएको हो । भने घाइते हुनेहरुमा सोही निवासी अन्दाजी वर्ष ६२का रुद्र पुन, बोम बहादुर घर्ती र वर्ष ७ कि तेजी पुन रहेका छन् । चट्याङले पुशचौपायको मृत्यु हुनुकासाथै धनजनको क्षति भएको नौ बहिनीबाट हाम्रा सहकर्मी महेश थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top