आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

उमेदम्वारी घोषणा पछि तातियो उद्योगी ब्यवसायीहरुको चुनावी रौनक


प्रकाश बैद्य
प्यूठान ÷जिल्लाका आम व्यवसायिहरुको छाता संघ प्यूठान उद्योग बाणिज्य संघको अधिवेशन नजिकिए संगै चुनावी प्रतिस्पर्धाका लागि दुवै पक्षले आ आफ्ना उम्मेदवारको प्यानल घोषणा गरेका छन् ।
चुनावी प्रतिस्पर्धाका लागि दुवै पक्षले बुधवार छुट्टा छुट्टै पत्रकार सम्मेलनको आयोजना गरी चुनावमा उम्मेदवारी दिने व्यक्तिहरुको नामावली सहितको प्यानल घोषणा गरेका हुन् ।
संयुक्त व्यावसायिक प्यानलले बाग्दुलामा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारहरुको नामावली घोषणा गरेको छ । जस अनुसार संयुक्त व्यावसायिक प्यानलको तर्फबाट हाल प्यूठान उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष रहेका केदारमान कक्षपतिलाई अध्यक्षमा अगाडि सारिएको छ भने बरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर के.सी( प्रभात) , प्रथम उपाध्यक्ष दुर्गा भुसाल , द्धितिय उपाध्यक्ष मुक्ति पोख्रेल , महासचिव कृष्ण भक्त गिरी , उपमहासचिव पदम ब.खड्का र कोषाध्यक्ष सुरेन्द्र गिरी को नाम सार्वजनिक गरिएको छ ।
त्यस्तै व्यावसायिक प्यानलले पनि बुधवार  जम्रीमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेको छ । व्यावसायिक प्यानलको तर्फबाट अध्यक्ष प्रमोद पोख्रेल , बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेल , प्रथम उपाध्यक्ष केशव पन्डित , महासचिव दधिराम भण्डारी , कोषाध्यक्ष सनत श्रेष्ठ को नाम घोषणा गरिएको छ । सो प्यानलको तर्फबाट द्धितिय उपाध्यक्ष र उपमहासचिव को नाम भने अझै सार्वजनिक गरिएको छैन ।
स्मरण रहोस संयुक्त व्यावसायिक प्यानलमा नेकपा, रा.ज.मो.र रा.प्र.पा. समर्थक व्यवसायिकहरु रहेका छन् भने व्यावसायिक प्यानलमा कांग्रेस समर्थक  रहेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top