शनिबार, मंसिर ६, २०८३ | Saturday 21st November 2026

प्रवक्ता श्रेष्ठद्वारा अपाङ्गता भएका हिमाल के.एम.लाई ह्विलचेयर हस्तान्तरण


प्युठान ,प्युठान नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठले प्युठान नगरपालिका–३, चकृबाङका अपाङ्गता भएका व्यक्ति हिमाल के.एम.लाई ह्विलचेयर हस्तान्तरण गरेका छन् ।

 

प्युठान नगरपालिकाको सहयोगमा हिजो  के.एम.को घर चकृबाङमै पुगेर एक थान ह्विलचेयर हस्तान्तरण गरिएको हो।
करिब एक वर्षअघि प्युठान नगरपालिका–३, सेपुङमा भएको ट्र्याक्टर दुर्घटनामा परी हिमाल के.एम.को ढाड भाँचिएको थियो। लामो समयसम्म उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी अहिले ओछ्यानमै थलिएर जीवन बिताउन बाध्य छन्।

ह्विलचेयर हस्तान्तरण गर्दै प्रबक्ता श्रेष्ठले केएमको  परिवारलाइ उद्यम ब्यबसायमा जोडिन आग्रह गरे । उद्यम ब्यबसाय गरि अपाङ्ग केएमको हेरचाह तथा अन्य आवस्यक सहयोगका लागि नगरपालिका साथमा रहेको समेत प्रबक्ता श्रेष्ठले सहानुभुती प्रकट गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top